प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता : लुम्बिनीर प्रदेश १ सेमिफाईनलमा

news
news
December 19, 7:28

धनगढी, ४ पुष / लुम्बिनीप्रदेश र प्रदेश नम्बर १ धनगढीमा भईरहेको प्रधानमन्त्रीकपमहिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमाप्रवेश गरेका छन् । समुह ए तर्mकाआफ्नादुबै खेलमाजितहातपार्दै लुम्बिनी र प्रदेश १ अन्तिमचारमापुगेकाहुन् । प्रतियोगिताको दोस्रो दिनभएको पहिलो खेलमालुम्बिनीले कर्णालीप्रदेशलाई १० विकेटले हरायो भने प्रदेश १ ले वागमतिप्रदेशलाई रनले हरायो । 

लुम्बिनीर प्रदेश १ अन्तिमचारमा
लुम्बिनीप्रदेश कैलालीको धनगढीमा भईरहेको प्रधानमन्त्रीकपमहिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनभएको पहिलो खेलमाजितहातपार्दै लुम्बिनीप्रदेश सेमिफाईनलमाप्रवेश गरेको छ । लुम्बिनीले कर्णालीप्रदेशलाई १० विकेटले हराउँदै अन्तिमचारमा स्थान सुरक्षित गरेको हो । टस जितेर पहिले ब्याटिङ गर्दै कर्णालीप्रदेशले हुस्सु र सितलहरकाकारण ६ ओभरमाखेलाईएको खेलमा १७ रन बनायो । कर्णालीले निर्धारित ६ ओभरमा३ विकेट क्षतिमा १७ रन बनायो । कर्णालीकालागिकप्तानआयुशा टण्डनले ७ रन र दिक्षा पुरीले अविजित७ रन बनाईन् । लुम्बिनीप्रदेशकालागि सुस्मिताभुषालले २ र नेरी थापाले एक विकेट लिईन् । कर्णालीप्रदेश यसअघि भएको खेलमाप्रदेश १ बाट ६ रनमा अलआउटमा भएको थियो ।
कर्णालीप्रदेशले दिएको १८ रनको लक्ष्यलुम्बिनीले विनाविकेट क्षति पुरा गर्यो । ३ दशमलव १ओभरमाकुनै विकेट नगुमाउँदै लुम्बिनीलाई सानदार जितदिलाउनलक्ष्मीचौधरीले १२ रन बनाईन् । लुम्बिनीकालागि नेरी थापाले ५ रन बनाईन् । खेलमादुई विकेट लिएकीलुम्बिनीप्रदेशकी सुस्मिताभुषालप्लयर अफ द म्याचभईन् । 
प्रदेशनम्बर १ प्रधानमन्त्रीकपमहिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिमचारमापुगेको छ । दोस्रो दिनको दोस्रो खेलमाबागमतिप्रदेशलाई ५५ रनले हराउँदै प्रदेश नम्बर १ सेमिफाईनलपुगेको हो । 
टस जितेर पहिले ब्याटिङ गर्दैप्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनायो ।प्रदेशनम्बर १ कालागिअप्सरी वेगमले अविजितअर्धशतकीयपारी खेलिन् । ६२ वलको सामना गरेकीउनले ५१ रन बनाईन् । त्यस्तै स्मृति कटुवालले २० र सबनभ राईले १५ रन बनाईन् । वागमतिप्रदेशकालागिअस्मिनाकर्माचार्य र खुशी डंगोलले दुई दुई विकेट लिईन् । 
११५ रनको विजयलक्ष्य पछ्याएको वागमतिप्रदेश २० ओभरमा८ विकेट गुमाउँदै ५९ रनमा समेटियो । वागमतिकालागि सुमन खतिवडाले प्रतियोगिताको पहिलो छक्का सहित २१ रनको पारी खेले पनि टीमलाई जिताउन सकिनन् । कप्तानअस्मिनाकर्माचार्यले १० रन बनाउनु वाहेकअन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेनन् । वागमतिका५ जना खेलाडी रनआउट भए । कप्तान रुविना क्षेत्री, ज्योती डनुवार र अलिशा खाडियाले एक एकविकेट लिईन् । खेलमाअर्धशतकीयपारी खेलेकीप्रदेश १ कीअप्सरी वेगमप्लेयर अफ द म्याचभईन् । 

बागमती र कर्णालीप्रतियोगिताबाट बाहिर
प्रतियोगिताको समुह ए मा रहेकावागमतिप्रदेश र कर्णालीप्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् । दुबै प्रदेश समुह चरणका खेलेकादुबै खेलमा पराजितहुदैं प्रतियोगिताबाट बाहिरिएकाहुन् । कर्णालीप्रदेश पहिलो खेलमाप्रदेश १ सँग १६० रनले पराजितभयो भने दोस्रो खेलमालुम्बिनीप्रदेशसँग १० विकेटले हार्यो । वागमतिप्रदेशपनिलुम्बिनीप्रदेशसँग७विकेट र प्रदेश नम्बर १ सँग५५ रनले हार व्यहोर्दै प्रतियोगिताबाट वाहिरिएको हो ।

सोमबार घरेलु र विभागीय टीमको भिडन्त
प्रतियोगिताको तेस्रो दिनदुई वटा खेल हुनेछन् । सोमबारकादुई खेल समुहबीका टोलीबीचहुनेछ । पहिलो खेलमा घरेलु टोली सुदुरपश्चिम र विभागीय टोलीएफिएफक्लबबीचप्रतिस्पर्धा हुनेछ । अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्नेछन् । नेपालक्रिकेट संघको आयोजना र सुदूरपश्चिमप्रादेशिकक्रिकेट संघको सह आयोजनामा  सञ्चालनभईरहेको प्रतियोगिता पुस  ११ गतेसम्म सञ्चालनहुनेछ । 
७प्रदेश र एक विभागीय गरी ८ टिम सहभागीप्रतियोगितादुई समूहमाविभाजन गरी खेलाइदैछ । समूह ए माप्रदेश नम्बर १, लुम्बिनीप्रदेश, बाग्मतीप्रदेश, कर्णालीप्रदेश र समूहबीमा नेपालएपीएफक्लब, सुदूरपश्चिममप्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । प्रतियोगितामाप्रथमहुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यानअफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यानअफ द म्याचले २ हजार पुरस्कार प्राप्तगर्ने छन् ।
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा