खुकुरी प्रहार गरी एकको हत्या

September 23, 10:54

बझाङ । बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले शुक्रबार खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका हुन् । “सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ । हामी घटनास्थलमा गइरहेका छौँ”, चौधरीले भन्नुभयो ।

उहाँका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ । रासस 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा