रामारोशन भ्रमणमा आउने पर्यटक अन्योलमा

September 17, 11:56

 

अछाम। रामारोशन भ्रमणमा आउँदै गरेका विभिन्न देशका पर्यटक अन्योलमा परेका छन्। पर्यटकीय केन्द्र रामारोशनमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेकाले सोही कार्यक्रममा भाग लिन आउँदै गरेका ४० जना पर्यटक अन्योलमा परेका हुन्। 

स्थानीय प्रशासनले सो सम्मेलनको आधिकारिकता खोजेपछि कार्यक्रम हुने नहुनेमा पनि अन्योलत सिर्जना भएको छ। रामारोशनमा गर्ने भनिएको कार्यक्रम आयोजक, सहभागी र समयका बारेमा प्रस्ट नखुलेको बताइएको छ। स्थानीय प्रशासनले विभिन्न देशबाट आएकाहरूलाई अछाम प्रवेश नाका रोकिदिएको छ। कार्यक्रम गर्नुअगाडि नै स्थान, सहभागी सङ्ख्या, देश, समय अवधिका बारेमा नखुलेका कारण यस्तो समस्या देखिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। 

प्रशासन कार्यालयले उक्त कार्यक्रमका सम्बन्धमा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग विस्तृत विवरण माग गरे पनि कुनै जानकारी नआएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल अहिलेसम्म कुनै जानकारी नआएको बताए ।

स्थानीय प्रशासन र अछाम प्रहरीले विदेशीले रामारोशनमा गर्न लागेको कार्यक्रमको आधिकारिकता मात्रै खोजेको बताइएको छ। एक महिनाको अवधिमा विभिन्न देशका गरेर दुई हजारभन्दा बढी पर्यटक रामारोशन आउने बताइएको छ। 

रामारोशनमा आयोजना हुने कार्यक्रमका आयोजक, ट्राभल एजेन्सीलगायत विविध कुराको जानकारीका लागि गृह मन्त्रालयमा पत्र पठाइएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विश्वदीप वेस्राले जानकारी दिए।

 गृह मन्त्रालयको निर्देशन अनुसार विदेशीलाई त्यहाँ कार्यक्रम गर्न दिने वा नदिने भन्नेमा टुङ्गो लाग्ने छ। रामारोशन पर्यटन विकास समितिले विदेशी नागरिकको शान्तिसुरक्षाका लागि अनुरोध मात्र गरेको छ।

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

डडेल्धुरामा चितुवा मृत फेला
डडेल्धुरा / डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा… विस्तृतमा
धानबाली नष्ट हुनुको कारण पत्ता नलाग्दा अन्योल
कञ्चनपुर /  कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै… विस्तृतमा
गोकुलेश्वर-खलंगा सडक २५ वर्षदेखि अधुरै
दार्चुला / गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने छोटो दूरीको खलंगा–खार–गोकुलेश्वर सडक… विस्तृतमा
‘प्रदेश सभा खुलापनका लागि गम्भीर छौँ’
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको खुलापनका लागि आफू गम्भीर… विस्तृतमा