बझाङ भूकम्पमा बैतडीलगायतका जिल्लामा पटक–पटक परकम्प, स्थानीयबासिन्दाले खुला चौरमै रात बिताए

October 04, 11:28

बझाङ / बैतडीलगायतका जिल्लामा भूकम्पबाट प्रभावित पीडितले खुला चौरमा रात बिताएका छन् । पटक–पटक परकम्प गइरहेकाले स्थानीयबासिन्दा रातिदेखि घरबाहिरै खुला चौरमा बसेका हुन् । केही घरमा क्षति भएको र फेरि भूकम्प आउन सक्ने डरका कारण उनीहरु घरबाहिर बसेका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्प पीडितलाई विद्यालय तथा सार्वजनिक ठाउँ र खुला चौरमा राखिएको छ । उनीहरुलाई ४० वटा पाल वितरण गरी टेन्टमा राखिएको हो । उनीहरुको खाने र अस्थायी रुपमा बस्नका लागि स्थानीय पालिकाको समन्वयमा व्यवस्थापन भइरहेको छ ।

बझाङमा हिजो दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । यी भूकम्पपछि लगातार परकम्प गइरहेका छन् । भूकम्पमा परि बझाङमा १३ जना र बैतडीमा दुई जना घाइते भएका छन् ।

बझाङमा घाइते भएका १३ जनामध्ये २ जनाको उपचार भइरहेको अरु प्राथमिक उपचारपछि घर फर्किएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । त्यस्तै, बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–११ की ४५ वर्षकी गुनदेवी धामी भूकम्पपछिको पहिरोमा बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको बझाङका प्रहरी प्रवक्ता दीपेश चौधरीले जानकारी दिनुभयो ।

बझाङको चैनपुर आसपास केन्द्र बनाएर गएको भूकम्पले बझाङसहित बाजुरा, बैतडी, डोटी, डडेलधुरा, दार्चुलालगायत जिल्लामा भौतिक संरचनामा क्षति पुगेको छ । घर, विद्यालय तथा अन्य भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

भूकम्पपछि जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरमा र छब्बिस पाथिभेरा गाउँपालिकाको जालेबगरमा गएको सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध छ । सडक खुलाउने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा