कश्मिरको आतंकवाद विरोधी युनिटमा यसरी तैनाथ भए धोनी

MS DHONI
MS DHONI
July 31, 5:46

कश्मिर - भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिहं धोनी बुधवारबाट कश्मिरमा आतंकवाद विरोधी युनिटमा तैनाथ भएका छन्।

भारतीय सेनाको मानार्थ लेफ्टिनेन्ट कर्णेल रहेका धोनी भिक्टर फोर्स अन्तर्गतको बटालियनमा रहेर १५ दिनसम्म कश्मीरमा खट्ने भएका हुन्। सो बटालियनमा करिब ७ सय सैनिक रहेका छन्। धोनी रहने ब्यारेकमा भने उनीसँगै ५० देखि ६० जनासम्म सैनिक रहनेछन्।

त्यहाँ तैनाथ रहँदा धोनीसँग ३ वटा बन्दुकका साथै बुलेटप्रुफ ज्याकेट रहेनछ। धोनीले त्यहाँ रहँदा प्याट्रोलिङ गर्नुका साथै गार्ड र पोस्ट ड्युटीको जिम्मेवारी निर्वाह गर्नेछन्।

यी सबै जिम्मेवारीहरु धोनीकै आग्रहमा निश्चित गरिएको हो। सेनाले धोनीले कश्मिरमा तैनाथ हुनुपूर्व प्यारा ट्रुपको प्रशिक्षण लिनुका साथै एयरक्राफ्टबाट हामफाल्ने प्रशिक्षण पूरा गरिसेको जनाएको छ।

कश्मिरमा १५ दिन बिताएपछि धोनीफ थप प्रशिक्षणका लागि सैन्य क्याम्पमा जानेछन्।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा