देउवा निवासमा धुमधामका साथ गौरा भित्राईयो

RJU
RJU
August 22, 5:34

धनगढी, भदौ ५ - नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी स्थीत निवासमा बिहीबार धुमधामका साथ गौरा भित्राईएको छ ।
नेपाली कांग्रेसकी नेतृ तथा बरिष्ठ समाजसेवी डाक्टर आरजु राणा देउवाले बिशेष पुजा गरेर गौरा भित्राएकी हुन । गौराको पुजा तथा अर्चनाका लागि नेपाली कांग्रेकी नेतृ तथा डाक्टर आरजु राणा देउवा बिहीबार नै धनगढी आई पुगेकी हुन । गौरा भित्राउदै डाक्टर देउवाले आफु बिबाह गरेर सुदूरपश्चिम आएसंगै प्रत्येक बर्ष गौरा मनाउने गरेको बताईन । गौरा पर्ब सुदूरपश्चिमेलीहरुले गर्व गर्ने पर्व भएको बताउदै डाक्टर देउवाले भनिन्, यसको प्रवद्र्धनका लागि हामी नै जुट्नु पर्छ ।
यस पटक भदौ ६, ७ र ८ गते देउवा निवास धनगढीमा सामुहिक रुपमा गौरा खेल्ने कार्यक्रम रहेको नेपाली कांग्रेस धनगढीका नगरसभापती नृपबहादुर वडले बताए । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाबाट गौरालाई देशभरी चिनाउने र यस क्षेत्रमा गौराको बिदा दिने ब्यबस्था मिलाएको पनि नगरसभापती वडले बताए ।
गौरा भाद्र सप्तमीका दिन बाजागाजा सहित गौरा भित्राउने गरिन्छ । आठ प्रजातिका वनस्पतिहरु (धान, साउँ, पाती, कुर्जो, दुबो, कुस, तिल र अफामार्ग) बाट गौराको मूर्ति बनाइन्छ । नौ प्रकारका प्राकृतिक वनस्पतिबाट बनेकाले यसलाई नवदुर्गाको प्रतिक मान्ने गरिन्छ । यहि नौ प्रकारका वनस्पतिबाट बनेको मूर्ति भगवती अर्थात पार्वतीको मूर्ति हो । यसलाई गरगहना लगाएर खेतबाट बाजागासहित गौरा घरमा भित्राईन्छ ।
गौरालाई सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै भारतको उत्तराखण्ड प्रदेशको कुमाउ र गढवालमा पनि मनाउने गरिन्छ ।  गौरा पर्व महिलाहरुले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको बताइएको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा