पुनर्बहालीको माग गर्दै दुवै हातमा कालो पट्टिले बाँधेर विरोध, सङ्घर्षका  कार्यक्रम फेरि सार्वजनिक 

Journal
Journal
August 24, 6:04

डोटी, भदौ ७ - रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन संचारकरकर्मिलाइ बिना कारण सेवाबाट हटाएको विरोधमा शनिवार पनि धर्ना कार्यक्रम जारी रहेको छ । नेपाल पत्रकार महासङ्घ डोटी शाखाको अगुवाइमा पुर्नबाहलीको माग गर्दै रेडियो प्रदेश प्रसारण केन्द्र अगाडि धर्ना गरिएको छ ।
     तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्बहाली गर्नुपर्ने माग गर्दै बिहीबारबाट  आन्दोलन सुरु भएको हो । शनिवार  दुवै हात कालो पट्टिले बाँधेर विरोध गरिएको छ । त्यस्तै बिहीबार मुखमा कालोपट्टि बाँधेर र शुक्रवार टाउकोमा कालोपट्टि बाँधेर पहिलो चरणको   विरोध कार्यक्रम  गरिएको  नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए ।  

               प्रदेश प्रसारण केन्द्रमा १० वर्षदेखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, ३ वर्षदेखि डोटेली समाचार वाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र ३ वर्षदेखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई विना कारण सेवाबाट बर्खास्त गरिएको हो । यसको विरोधमा महासङ्घले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापन पत्रसमेत बुझाएको छ । 
तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो । भदौ एक गतेदेखि लागु हुने गरी अन्य तीन जनालाई नियुक्ति दिइएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभामा पनि यसबारे कुरा उठेको छ । 
राष्ट्रिय सभाका सदस्य तारादेवी भट्ट, प्रतिनिधि सभाका सदस्य डिला सङ्ग्रौला पन्त र अतहर कमल मुसलमानले पुनर्बहालीको माग गरेका हुन् । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमिति, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा डोटी, नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, नेपाल प्रेस युनियन जिल्ला समिति लगायतका सङ्घ सङ्गठनले पनि कर्मचारी हटाएकोमा विरोध जनाएका छन् ।                    

त्यसै गरी शनिवार नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरको अध्यक्षतामा  बसेका बैठकले दोस्रो चरणको सङ्घर्षका कार्यक्रम तय गरेको छ । वैठले भाद्र ८ गते रेडियोको गेटमा सञ्चार सामग्री प्रदर्शन गर्ने, ९ गते सञ्चारकर्मी निष्कासन गरेको विषयमा धर्ना स्थलबाट बहस तथा विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने र १० गते धर्ना स्थलबाट रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई पुनर्बाहलिका लागि दबाब स्वरूप एस।एम।एस गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासङ्घ डोटी शाखाका सचिव गणेश मौनीले बताए । यसै क्रममा विभिन्न सुभेछुक सङ्गठनले ऐक्यबद्धता तथा पूनवहालीको माग गर्दै विज्ञप्ति निकाल्ने क्रम जारी रहेको छ ।  यसै गरी नेपाल प्रेस युनियन सुदूरपश्चिमका सम्पूर्ण शाखाले आइतबार जिल्ला प्रशासन मार्फत नेपाल सरकार र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई  पुन बहालीको माग गर्दै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेपाल प्रेस युनियन सुदूरपश्चिम संयोजक लाल व  एेरीले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा