मिस फारवेष्ट दोस्रो सिजनको आवेदन खुल्यो, कार्तिक ६ गते ग्राण्ड फिनाले

Miss Farwest
Miss Farwest
August 31, 4:18

धनगढी, भदौ १४ – धनगढीमा कार्तिक ६ गते ग्राण्ड फिनाले हुने मिस फारवेष्ट दोस्रो सिजनका लागि आजबाट आवेदन खुल्ला गरिएको छ । प्रतियोगिताका लागि शनिवार बाट नै फारम वितरण खुल्ला भएको आयोजक रोयल कोलाबोरेटिभ प्रालिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
यो प्रतियोगिता गत वर्ष देखि धनगढीमा हुन लागेको हो । गत वर्ष मनिका गुरुङ मिस फारवेष्ट भएकी हुन् ।

सुदूरपश्चिमको युवतीहरूको प्रतिभाहरू प्रस्फुटन गर्ने उद्देश्यका साथ हुन लागेको आयोजक प्रतियोगिताका संयोजक पवन बसुवाले जानकारी दिए । प्रतियोगिताले युवतीहरूको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने तथा क्षमता अभिवृद्धि र व्यक्तित्व विकास गर्ने आयोजकको अपेक्षा रहेको छ ।
प्रतियोगितामा प्रतियोगीहरू अडिसनको माध्यम बाट छनोट हुने छन् । अडिसन धनगढी, टिकापुर र महेन्द्रनगर हुने छ । प्रतियोगितामा प्रथम हुनेले स्कुटर पाउने छ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार पुरस्कार पाउने कार्यक्रमका मिडिया संयोजक देवेन्द्र जोशीले जानकारी दिए । साथै विभिन्न विधामा उत्कृष्ट हुने दश जनालाई उपाधि सँगै गिफ्टह्याम्पर पनि प्रदान गरिने छ ।
प्रतियोगितामा नेपाली नागरिक, कक्षा १० पास गरेको र १६ देखि २५ वर्ष उमेरको हुनुपर्ने छ । आयोजकले प्रति फारम ५ सय रुपैयाँ लाग्ने जानकारी दिएको छ ।आवेदन फारामका लागि पा“च सय रुपैया र तालिमका लागि १० हजार शूल्क तोकिएको जनाइएको छ ।
असोज ५ गतेदेखि प्रतियोगिताको अडिसन शुरु हुने आयोजक कमिटि सदस्य देवन्द्र जोशीले बताए । अडिसन पश्चात उनीहरुको एक महिनासम्म क्षमता अभिवृद्धि गरिने छ । प्रतियोगिताको फाइनल धनगढीमा कार्तिक छ गते हुने जनाइएको छ । 
प्रतियोगितामा दुई सय ५० भन्दा बढी युवतीले सहभागिता जनाउने आयोजकले अपेक्षा लिएको छ । 
यसअघिको प्रथम मिस फारवेष्ट २०१८ को विजेता मोनिका गुरुङ भएकी थिइन् । २६ प्रतिस्पर्धीलाई पछि पार्दै सरकारी जागिरेसमेत रहेकी २३ वर्षकी गुरुङले उपाधि जितेकी थिइन । उनले ताजसंगै स्कुटर प्राप्त गरेकी थिइन् ।
त्यस्तै फस्ट रनअप अंकिता ज्ञवली र सेकेण्ड रनरअप दिव्या गैरे भएकी थिइन् । फष्ट रनर अप ज्ञवालीले ताजस“गै नगद ५० हजार तथा सेकेन्ड रनरअप गैरेले नगद २५ हजार हात पारेकी थिइन् ।

प्रतियोगिताको ग्राण्ड फिनाले कार्तिक ६ गते धनगढीमा हुने छ । 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा