धनगढीमा झण्डै ३० लाख सहित फेरी एकजना पक्राउ
धनगढी, २० भदौ– भारतबाट नेपाल तर्फ ल्याउदै गरेको २९ लाख ८० हजार अबैध रकम सहित प्रहरीले आज दिउँसो एक जना भारतीय नागरीकलाइ धनगढी भन्सार नाकाबाट पक्राउ गरेको छ । यूपी ३१ एके ७३४८ नम्वरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैंया सहित भारत पलिया खिरि घर भई धनगढी उपमहानगरपालीका वडा नम्बर– १ बस्ने अतुल बर्मालाइ प्रहरीले पक्राउ गरेको हो । विषेश सुचना पाएपछि नाकामा गाडी कुरेर बसेको प्रहरीले त्रिनगर भन्सार नाकामा इन्ट्रि गरीसकेपछि गाडी नियन्त्रणमा लिएको हो । चालकको खुट्टा राख्ने स्थानको तल तिन लाख भारतिय र सोही गाडीको आगाडीको भागमा बाया ढोकामा रहेका नटबोल्ट खोली भित्र पच्चिस लाख नेपाली रकम भेटिएको प्रहरीले जनाएको छ । उनि धनगढीमा रहेको शुमम सुनचाँदी पसलका सञ्चालक रहेको प्रहरीले जनाएको छ । उनले भारतबाट नेपाल सुन आयात गर्ने गरेको स्रोतले जनाएको छ ।