काम नगर्ने सुदूरपश्चिमका २ ठेकेदार कालो सूचीमा

Kalo suchi
Kalo suchi
November 26, 12:24

धनगढी, 
मङ्सिर १० – 
सार्वजनिक खरिद अनुगमनको कार्यालयले तोकिएको समयमा काम नगर्ने सुदूरपश्चिमका २ ठेकेदारलाई कालोसूचीमा राखेको छ । 
सार्वजनिक खरिद अनुगमनको कार्यालयका अनुसार स्वास्थ्य निर्देशनालय राजपुर डोटीको  सिफारिसमा तिवारी मेडिसिन डिष्ट्रिब्युटर धनगढीलाई २ वर्ष कालो सूचीमा राखिएको छ ।
नेपाली सेनाको सङ्ग्राम शार्दूल गुल्म बझाङको सिफारिसमा श्रीकृष्ण कन्स्ट्रक्सन र त्याडी निर्माण सेवा जेभी बझाङलाई १ वर्ष कालो सूचीमा राखिएको छ

सार्वजनिक खरिद अनुगमनको कार्यालयले तोकिएको समयमा काम नगर्ने अन्य २ वटा ठेकेदार कम्पनीलाई पनि कालो सूचीमा राखेको छ ।
सार्वजनिक खरिद नियमावलीको दफा ६३ को उपदफा १ बमोजिम तोकिएको समयमा काम गर्ने र सम्झौतामा उल्लेख भएअनुसारको काम नगर्ने ठेकेदारलाई विभिन्न सार्वजनिक निकायको सिफारिसमा कालो सूचीमा राखिएको  कार्यालयले जनाएको छ ।
सार्वजनिक खरिद ऐनमा काममा ढिलाइ गर्ने या सम्झौताअनुसारको काम नगर्ने ठेकेदार कम्पनीलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राख्ने व्यवस्था छ ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयका अनुसार पोखरा महानगरपालिकाको सिफारिसमा श्री होराइजन विल्डर्स पोखरालाई एक वर्ष कालोसूचीमा राखिएको छ भने सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयको सिफारिसमा श्री ओम श्री ओम इन्टरप्राइजेज मिनभवन काठमाण्डौलाई १ वर्ष कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमनको कार्यालय ताहाचल काठमाण्डौले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा