नेपाली क्रिकेटका एक नक्षत्र अस्ताए
January 03, 6:36
धनगढी, १८ पौष – डडेल्धुराको आलिताल गाउँपालिका–६ का क्यान्सरपीडित क्रिकेटर केशव सिंहको निधन भएको छ। सिंहको २७ वर्षकै कलिलो उमेरमा डडेल्धुरामा निधन भएको हो। धनगढीको बोराडाँडीमा दिदीको घरमा बस्दै आएका उनी केही दिन अगाडि मात्रै पहाड घर डडेल्धुरा आएका थिए। त्यसअघि दिल्लीमा उपचारका लागि गएका उनलाई बचाउन समस्या भएको भन्दै घर फर्काइएको थियो।
कलेजो र फोक्सोको क्यान्सरबाट पीडित सिंहको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या हुँदै आएको थियो। उनको भारतको राजधानी दिल्लीस्थित राजिब गान्धी अस्पतालमा लामो समय सम्म उपचार भएको थियो।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि सुदूरपश्चिममा उनलाई बचाउन अभियानसमेत थालिएको थियो। उनले डडेल्धुराबाट विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलेका थिए।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 11, 8:32
October 30, 10:48
August 13, 10:31
November 01, 11:19
August 18, 5:25
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा