बिराज भट्ट आफ्नै चलचित्र हेर्न साइकल यात्री बनेर पुगे धनगढीको एसटीएस सिनेमा
धनगढी, फागुन ४ – बिराज भट्ट, नेपाली सिने जगतमा छुट्टै छाप बोकेको नाम हो । केही वर्ष भोजपुरी सिनेमाको पर्दामा चर्चा बटुल्न लागिपरेका उनी फेरी नेपाली चलचित्रमा देखिएका छन् । उनले आफै चलचित्र निर्माण गरेका छन् ।
नेपाली चलचित्रको मध्यम अवस्थालाई बिराज भट्टको साङ्लो चलचित्रले केही हदसम्म माथि उठाउन टेवा पु¥याएको छ । साङ्लो प्रदर्शनमा आएकै दिनबाट चर्चामा छ । चलचित्र हिट भएपछि उनी शनिवार धनगढीको एसटिएस सिनेमा घरमा पुगे ।
साइकलमा सिनेमा घर पुगेका उनलाई देखेर दर्शकहरू अचम्मित भए । तर उनले आफ्नो ठाउँ, साथीभाइसँग पुरानै दिनमा सहयात्रा गरे सरह हिँड्न रहर आफूलाई पनि लाग्ने भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह गरे ।
आफै साइकल चलाउँदै फिल्म हेर्न पुगेका बिराज भट्टलाई देखेर अबै अचम्मित भएका थिए ।
उनीसँगै निकिता चाण्डक पनि चलचित्र र दर्शकको प्रतिक्रिया प्रतीक्षामा आइतबार समेत एसटीएस सिनेमा छर आउने बताइएको छ ।