विश्व नेपाली साहित्य महोत्सवको तयारी अन्तिम चरणमा

Litrature
Litrature
February 22, 6:34

धनगढी, १० फागुन – कैलालीको धनगढीमा फागुन १४ गतेबाट आयोजना हुने विश्व नेपाली साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको हो । समाजका अध्यक्ष रामलाल जोशीले अतिथिहरूको आगमन सँगै भौतिकरुपमा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनु भयो । महोत्सवको फागुन १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने उहाँले बताउनु भयो ।

Litrature

पत्रकार सम्मेलनमा महोत्सवका संयोजक यज्ञराज उपाध्यायले नेपाली भाषाको जननीका रूपमा रहेको सुदूरपश्चिमको पहिचानलाई विश्वभर चिनाउनका लागि महोत्सवको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा १ सय भन्दा बढी नेपाली भाषी तथा नेपाली भाषाको उत्थानमा लागिपरेका साहित्यकारहरूको सहभागिता रहने छ । साथै नेपाली साहित्य र कला क्षेत्रका सबै विशिष्ट व्यक्तिहरूलाई कार्यक्रममा निमन्त्रणा गरिएको उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा महोत्सवको लोगो समेत सार्वजनिक गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा