धनगढीमा तीन साहित्यकारको शालिक स्थापना

Shalik
Shalik
February 25, 6:35

धनगढी, १३ फागुन– सुदूरपश्चिम साहित्य समाजको भवन परिसरमाम तीन जना साहित्यकारहरुको शालिक स्थापना गरीएकोे छ । आदिकवि भानुभक्त आयार्य, नाटककार पहलमानसिंह स्वाँर र मावनतावादी राजा तथा नेपाली व्यवाकरणका जन्मदाता जयपृथ्वी सिंहको शालिक स्थापना गरिएको हो । साहित्य समाजको धनगढीस्थित प्रांगणमा स्थापना गरिएको शालिक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार अनावरण गरे ।
आदिकवी आचार्यको सालिक साहित्य समाजले, नाटककार स्वाँरको शालिक उनको परिवारले र राजा मल्लको शालिक धनगढीका योगेन्द्र शाहीले निर्माण गरेका हुन् । अनावरणपछि मुख्यमन्त्री भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लगायतले शालिकमा माल्यार्पण गरेका थिए ।

sahitya sahma j


साहित्य समाजको आयोजनामा बुधबारदेखि शुरु हुने विश्व नेपाली साहित्य महोत्सवको पूर्व सन्ध्यामा आयोजित शालिक अनावरण कार्यक्रममा मुख्यमन्त्री भट्टले संस्कृति, भाषा, साहित्य र पर्यटनलाई एक ठाउँमा राखेर प्रबद्र्धन गर्न सके प्रदेशको आर्थिक विकास पनि सम्भव रहेको बताए । उनले सुदूरपश्चिमको संस्कृति, रहनसहन, र लवाईखवाई सबै भन्दा फरक रहेकाले यहाँ संस्कृतिक पर्यटनको सम्भावना बढि रहेको बताए । उनले नेपाली भाषा, साहित्यको उद्गम थलो सुदूरपश्चिम रहेकाले सुदूरपश्चिममा भाषा, संस्कृतिको पर्यटन समेत हुन सक्ने बताए । उनले भाषा, संस्कृति, साहित्यको संरक्षण गर्दै प्रबद्र्धन गरी पर्यटक भित्र्यानतिर लाग्न आवश्यक रहको बताए ।
मुख्यमन्त्री भट्टले महोत्सवको सफलताको शुभकामना दिंदै साहित्य समाजले सुदूरपश्चिमको साहित्य र कला विश्वमै चिनाउन ठूलो आँट गरेको भन्दै प्रसंशा गरे । उनले यस सहासमा प्रदेशबासी सबैले सहयोग गर्न आवश्यक रहेको बताउँदै प्रदेश सरकारले पनि गर्न पर्ने सबै कामका लागि सधैं तयार रहेको बताए ।
साहित्य समाजका अध्यक्ष रामलाल जोशीले साहित्य समाजको प्रांगणमा शालिक बाटिका स्थापना गर्ने योजना रहेको बताए । उनले एक एक गर्दै साहित्यका प्रख्यात व्यक्तित्वहरुको शालिक स्थापना गर्दै जाने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा