सुदुरपश्चिम खप्तड गोल्डकपः थ्रीस्टार क्लब सेमिफाईनलमा

Khaptad Gold Cup
Khaptad Gold Cup
February 26, 7:28

धनगढी, १४ फागुन – थ्रीस्टार क्लब नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा वुधवार भएको दोस्रो क्वाटरफाईनलमा जित हात पार्दै अन्तिम चारमा पुगेको हो । पहिलो चरणमा वाई पाएर क्वाटरफाईनल पुगेको थ्रीस्टारले सिमराको नव जनजागृती क्लबलाई २–० ले हराएको हो । ललितपुरे क्लब थ्री स्टारको जितमा संजोग राई र आशिष राईले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो । खेलको ८० औं मिनेटमा निशान खड्काको पासमा संजोगले हेड गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा आशिषले गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे । आशिषले पनि निशान खड्काकै पासलाई सदुपयोग गरे । खेलको म्यान अफ दि म्याच थ्री स्टारका कप्तान विक्रम लामा चुनिए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
खेलपछि प्रतिक्रिया दिदैं थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टीमले सोचेभन्दा राम्रो खेलेका कारण सुरुमा गोल हुन गाहे भएको भएपनि पछि गोल हुँदा जित हात पारेको बताउनुभयो । हामीले जति सोचेका थियौं त्यो भन्दा पनि राम्रो खेल्यो । त्यही भएर हामीलाई स्कोर गर्न गाहे भयो, प्रशिक्षक केसीले भन्नुभयो– लामो यात्रा गरेर आएका कारण पनि समस्या भयो । अवको खेलमा अझ राम्रो खेल्नेछौं । नव जनजागृती क्लबका प्रशिक्षक सोनु क्षेत्री भने ए डिभिजन टीमलाई कडा टक्कर दिन सकेकोमा सन्तुष्ट भएका छन् । अघिल्लो खेलमा ४–० को जितले मनोबल उच्च भएको थियो । टप कम्फीटिसन म्याचमा पछि तालमेल मिलेन र गोल गर्न सकिएन्, प्रशिक्षक क्षेत्रीले भन्नुभयो– अन्तिम १० मिनेटमा सम्हालिन सकेनौं । पहिलो हाफ जस्तो राम्रो खेल दोस्रो हाफमा खेल्न सकेनौ ।
अब थ्री स्टारले फाइनल प्रवेशको लागि हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको तेस्रो क्वाटरफाईनलमा बिहीबार नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्ने छन् । फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा