वरिष्ठ साहित्यकार डीपी भण्डारीको निधन

Dp bhandari
Dp bhandari
March 14, 2:17

धनगढी, चैत्र १ - वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको शनिबार निधन भएको छ । प्राध्यापक भण्डारी ८५ वर्षका थिए । 
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा भण्डारीको निधन भएको अस्पतालका निर्देशक अनिल ओड्युभिलले जानकारी दिए। निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारीलाई फागुन २१ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको शनिबार बिहान ११ः४५ मा निधन भएको अस्पतालले जानकारी दिएको छ।
भण्डारीले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष अध्यापन गरेका थिए। उनले राष्ट्रिय अंग्रेजी तथा नेपाली दैनिक पत्रिकामा थुपै लेखहरु लेखेका छन्। साथै उनका थुप्रै साहित्यिक कृतिहरु पनि प्रकाशित छन्।
भण्डारीको आजै आर्यघाटमा दाहसंस्कार गरिने साहित्यकार हेमन्त विवशले जानकारी दिए। 
साहित्यकार भण्डारीका मृगस्थली (२०५७), नीरो बाँसुरी बजाइरहेछ (२०६०), रोटी र फूल (२०६३) र त्यो धरती, त्यो आकाश (२०६८) निवन्ध संग्रह प्रकाशित छन्।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा