वरिष्ठ साहित्यकार भण्डारीको निधन प्रति शोक व्यक्त  

DP Bhandari Condolence
DP Bhandari Condolence
March 14, 7:18

धनगढी, चैत्र १ – वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. डीपी भण्डारीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । भण्डारीको निधनले नेपाली साहित्य र शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै हाम्रो संस्कृति हाम्रो पहिचान नेपालले उहाँको निधन प्रति शोक व्यक्त गरेको छ । 
हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आज धनगढीमा बसेको बैठकले शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ले बताए । उनले हस्ताक्षर गरेको शोक वक्तव्यमा समेत भनिएको छ, ‘नेपाली साहित्य र शिक्षाका विशिष्ट व्यक्तित्व प्रा.डा. दुर्गा प्रसाद भण्डारीको असामयिक निधनले नेपाली साहित्य र शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको छ ।’ 

DP

निमोनिया, श्वासप्रश्वाससम्बन्धी समस्या र हाइपर टेन्सनबाट ग्रसित  भण्डारीको उपचारका क्रममा काठमाडौँको हेम्स अस्पतालमा आज बिहान ११ः४५ मा निधन भएको थियो । भण्डारीको जन्म डोटीको निरौलीमा भएको हो । भण्डारीले त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष अध्यापन गरेका थिए । उनले राष्ट्रिय अङ्ग्रेजी तथा नेपाली दैनिक पत्रिकामा थुप्रै लेखहरू लेखेका छन् । 
साथै उनका थुप्रै साहित्यिक कृतिहरू पनि प्रकाशित छन् । स्वर्गीय भण्डारीका चार वटा कृति  रोधि र फूल, त्यो धर्ती त्यो आकाश, मृगस्थली, नीरो बाँसुरी बजाई रहेको छ निवन्धसंग्रह चर्चित छन् । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय भण्डारीका दुई छोरा छन् । श्रीमती दिवङ्गत भइसक्नु भएको छ । 
साहित्यकार भण्डारीको निधनले नेपाली साहित्यले एउटा मूर्धन्य स्रष्टा गुमाएको भन्दै साहित्यकारहरूले दुःख व्यक्त गरेका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा