शिखर नगरपालिकाको कपल्लेकी वडालाई साढे दुई लाख बराबरको राहत सामाग्री हस्तान्तरण

rahat
rahat
April 13, 8:04

डोटी, वैशाख १ - डोटीको शिखर नगरपालिकालाइ झन्डै साढे २ लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको छ । `सेवा नै धर्म हो´भन्ने मुल उदेश्यका साथ सुरु गरिएको श्री केदार बिपत व्यवस्थापनको टीमले आज नगरपालिकाको वडा नम्बर १ कपल्लेेेेकीका वडा अध्यक्ष खडक शाहीलाई उक्त राहत हस्तान्तरण गरेको हो । 
राहत हस्तान्तरण पछि अभियन्ता कलेन्द्र शाहीले भने, `विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड - १९ (कोरोना भाइरस ) को कारण सृजना भएको असहज मानविय जिवन र संकटको यस घडीमा सबैले सावधानि अपनाउन जरुरी छ। तर सावधानी कै लागि गरिएको लकडाउनको कारण दैनिकी गुजार्न र स्वास्थ्य सावधानीका लागि अति आवश्यक सामाग्रीको अभावमा रहेका नागरिकहरुलाई सहुलियत पुर्याउने उदेश्यले अभियान थालेका हौं ।´
आज १ सय कठ्ठा चामल, ७ सेट पीपीई, ३ हजार २ सय पीस मास्क, १ हजार ८ पीस साबुन, २० बोरा सोयाविन, ४ लिटर सेनिटाईजर र २० जोडी सर्जिकल समेतगरी २ सय २० जोडा पन्जा हस्तान्तरण गरिएको उनको भनाइ छ । 
अभियान बल राम भट्ट, कलेन्द्र शाही, गणेश शाही, नर ब नेगिलगायतको अगुवाईमा संचालन गरिएको हो । 

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

डडेल्धुरामा चितुवा मृत फेला
डडेल्धुरा / डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा… विस्तृतमा
धानबाली नष्ट हुनुको कारण पत्ता नलाग्दा अन्योल
कञ्चनपुर /  कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै… विस्तृतमा
गोकुलेश्वर-खलंगा सडक २५ वर्षदेखि अधुरै
दार्चुला / गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने छोटो दूरीको खलंगा–खार–गोकुलेश्वर सडक… विस्तृतमा
‘प्रदेश सभा खुलापनका लागि गम्भीर छौँ’
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको खुलापनका लागि आफू गम्भीर… विस्तृतमा