प्रेस संगठन डोटीद्धारा जिल्लाका सञ्चारकर्मिलाई मास्क र सेनिटाईजर बितरण

Mask
Mask
April 23, 2:07

डोटी, वैशाख १० - प्रेस संगठन नेपाल, डोटी शाखाले जिल्लामा रहेका सञ्चार गृहलाई मास्क र सेनेटाइजर वितरण गरेको छ । संगठनले मंगलवार डोटीबाट सञ्चालित मिडिया हाउसलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।  मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेको अवस्थामा जनतालाइ सुसूचित गर्ने, सूचना प्रवाह गर्ने सञ्चारकर्मिलाई कुनै पनि निकायबाट सहयोग नभएकाले संगठनले सामग्री उपलब्ध गराएको डोटी शाखा अध्यक्ष कर्ण चन्दले बताए ।  ११ संचारमाध्यमलाई ४० बोतल सेनिटाईजर र ४ सय पिट मास्क बितरण गरिएको प्रेस संगठन डोटीका अध्यक्ष  चन्दले बताउनु भएको छ ।  संगठनले संकटमा सधै अग्रपन्तीमा रहेर काम गर्ने मिडियाकर्मीहरू लाई सुरक्षित रहेर काम गर्ने वातावरणको सृजना गर्न माग गरेको छ ।
लगडाउनको समयमा जिल्लाबाट प्रशारण हुने एफ.एम, रेडियो नेपाल, पत्रिका तथा सबै अनलाईनमा जनशक्तीका आधारमा मास्क र सेनिटाईजर बितरण गरेको संगठनको सह–संयोजक नवराज जोशीले जानकारी दिनु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा