राहत बितरणमा पक्षपात नगर्नु : मूख्यमन्त्री भट्ट

Trilochan bhatta
Trilochan bhatta
April 23, 2:39

डोटी, बैशाख ११ - सुदूरपश्चिम प्रदेशका स्थानीय तहले राहत बितरणमा पक्षपात नगर्न सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री चिलोचन भट्टले आग्रह गर्नु भएको छ । सरकार सबै नागरिकको  अबिभावक भएका कारण राहत बितरणमा पक्षपात गरेको कुरा आईरहेको हुँदा राहत बितरणमा समान मापदण्डका आधारमा गर्नका लागी मूख्यमन्त्री भएको छ । मूख्यमन्त्री भट्टले भने ‘आरोपका लागी आरोप बनेर आउने कुराका पछी नलागौँ तर कहीँ सच्चीनु पर्छ अन्याय भयो वा पाउनै पर्ने मान्छे अटाउन सकिएन भने त्यस्ता कुरा तत्काल सच्चाउनु होस, राहत बितरणमा कमजोरी नहोस, जनताको चुल्हो नबल्ने स्थिती आउन दिन्नौँ  ।’ 
त्रिबेणी एफ.एम. डोटीसंग कुरा गर्र्दै मूख्यमन्त्री भट्टले खाद्यान अभाबका कारण कसैको घरमा चुल्हो नबल्ने  सिस्थी आउन नदिने बताउनु भएको छ ।  राहत बिपन्न आर्थिक अबस्था कमजोर भएका परिवारले पाउने भएका कारण  अनाबश्यक आरोप लगाएर स्थानीय तहलाई काम गर्ने वाताबरणमा असहजता नबनाउन सबै नागरिकलाई अपिल समेत गर्नु भएको छ । 
राहत बितरणमा कतै कमजोरी रहे वडा अध्यक्ष, सम्बन्धीत पालिकाका प्रमुख उप–प्रमुखलाई तथा प्रदेश सरकार मूख्यमन्त्री कार्यालयको हटलाईन नम्बर ११४८मा सम्पर्क गर्नका अनुरोध समेत गरेका छन । 
बिश्वब्यापी संकटको समयमा सबै एकजुट भएर काम गर्न आबश्यक भएकोले  एकजुट हुनका लागी भट्टले आग्रह गर्नु भएको छ । कोरोना जोखिम न्यूनिकरणका लागी ‘लगडाउन’ बन्दाबन्दी एक मात्र अस्त्र भएका कारण सबैले पालना गर्नुको बिकल्प नरहेको भट्टले बताउनु भएको छ । 
पहाडी जिल्लाका लागी कोरोना भाईरसको परिक्षणका लागी डोटी र बैतडीका जिल्ला अस्पताल छनौट भईसकेकाले उपकरण पाउने बिपत्तीकै काम सुरु हुने समेत भट्टले बताउनु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा