सम्झनामा आमा
बिहानै उठि नुहाएर एकाएक मोबाइलमा हेर्दा मातातिर्थ औशिको दिन भनेर फोनले सम्झाइ दिन्छ अनि यसै फोन घुमाउछु डाडा पारी बसेकी आमालाइ र यसै बर्बराउछु। आज मातातिर्थ औशी आमालाई सम्झिने दिन तर मलाइ लाग्दैन कि आमा तिमिलाइ सम्झिन कुनै दिन पर्खन परोस।
म त कसैले दुई शब्द नमिठो बोल्दा तिम्लाइ सम्झन्छु,मीठो बचनमा तिम्लाइ सम्झन्छु,तालिमा,गालिमा,खुशिमा,पिडामा,हासो,रोदन,मन दुख्दा ,तन दुख्दा जे जे छ सबै हुदा म तिम्लाइ सम्झन्छु। हरेक दिन,हरेक बार,हरेक घन्टा,हरेक मिनेट,हरेक सेकेन्ड सम्झिने म लाई क्यालेन्डर ले त एक दिन मात्रै सम्झे र सम्झन पाउछस भन्दा कसरी पूरा हुन सक्ला र यो खोइ।
यहाँ सहरमा त मान्छेहरुले माया पनि व्यक्त गर्न सक्दा रैछन त्यसैले त सबैले व्यक्त गरिरहेका छन। माया,धृणा,रिस,राग,दुख,सुख भन्ने चिज त केवल अनुभुती होइन र आमा। अनि अनुभुतीहरु कसरी व्यक्त हुन सक्छन र खोइ। कि त म गलत हुनुपर्दछ कि त उनिहरुनै।
उनिहर गलत कसरी हुन सक्लान र खै उनिहरु त दुनिया देखेका,सहर बजार डुलेका,सफा सुग्घर भएर हिडेका,विद्धान कहलिएका, आलिसान महलमा बसेका अनि यस्ता मान्छे गलत कसरी हुन सक्लान र खै। यहाँ त गलत म नै देखीए किनकि मैले आजको यस आमाको मुख हेर्ने दिनमा ती मानिसहरुको(विद्वान कहलाइएका) जस्तै फेसबुकको वालमा लभ यु आमा(love you aama) भनी माया देखाउन सकिन।
था छ आमा आजको यस मातातिर्थ औशिमा तिम्रा फोटाहरुको प्रदर्शनी चलिरहेको छ अरे केही मिनेटको इडिट र केही MB को सस्तो डाटाले अनमोल तस्बिरहरुको सस्तो प्रदर्शनी चलेको छ खैर तिमी त आफ्नै दुनियामा मस्त होलाउ तिम्लाइ यो सब कुरा कस्ले सुनाइ देलान र खोइ।
म केवल हेरिरहे हेरिरहे अनि विजय कुमारले भनेका ती शब्द सम्झिरहे "संसारको सबैभन्दा महंगो फोटो प्रदर्शनी को सबैभन्दा महंगो पेन्टिङको तल लेखिएको हुन्छ not for sale" भनेर तर अहिलेका यी आलिसान महलहरुमा बसेका सहरका विद्धानहरुले अनमोल तस्बिर सस्तोमा बेचिरहेको देख्दा मलाइ दुख लागिरहेछ आमा।
फोटो मात्रै होइन आमा यिनिहरु त संसारको सबैभन्दा असल सन्तान बन्छु भनेर तिम्रा फोटोमा कसम खाइरहेका छन अरे। संसार बिश्वासमा अडिएको छ भनेर कस्ले सम्झाइ दिने आमा आलिसान महलका विद्वानहरुलाइ। पल्ला घरका भाइले भनेको यिनिहरु संसारकै सबैभन्दा अबिश्वासिलो सन्तान हुनुपर्छ होइन भने वाचा कसमको सहारा तिनिहरुले नै लिने गर्छन जसले अरुको मन अनि मस्तिष्कमा अबिश्वासको डेरा जमाइ सकेका हुन्छन।
खैर छोडदेउ आमा यी सहर अनि विद्वानका कुरा म त तिमिलाइ मातातिर्थ औशिको सुभकामना दिन आएको कुरै कुरामा भुलेछु अनि सुन्नु त आज बिर्सेपनि बाकी रहेका हरेक हरेक दिन म तिम्लाइ सम्झिरहने छु । ओहो कस्तो सपना देखेछु सपनामा डुब्दा डुब्दै अबेर भएछ चाडै उठ्नुपर्ने दिन आज झन ढिला भएछ आज मातातिर्थ औशी पो त।
चूडामणि दाहाल