‘आमा’
–कमल सुवेदी
आमा सब्द सुन्दै निकै प्यारो लाग्द्छ !
बिहानै उठ्छिन घाँस पात गाई गोठ भकारो सोर्छिन
अनि फेरि आफनो सबै काम सिधाएर ।छोरो उठ चिया खा भन्दै बिस्तार मा पुग्छिन ।निकै दुख लाग्दछ आमा तिमिले सवैरे उठेर काम गरे को देख्दा भित्र भित्रै निकै मन दुख्छ आशु आउँछ आमा तिम्रो माया देख्दा ।
अलि कति टाउको दुख्दै मा तातो पानी दिने मेरि आमा अझ आठ बजे सम्म सुत्दा बिस्तारै मा चिया लेर आइ दिने मेरि आमा ।
आज कति रोइन होला एक्लो हुदा मेरि आमा आशै आश मा बसेकि आमा मन कसोरी बुझाउछिन होला ।
आफु लाई समाल्ने बेला छोरो नौ टाडा जादा कति रुन्छिन होला मेरिू आमाू अलि कति केही हुदा आत्तिनी मेरि आमा छोरा ले दुख गर्दा कस्तो हुन्छिन होला मेरि आमा । नौ महिना कोख मा राखी जन्माएकि मेरि आमा ले नौ डाडा पारी पठाउदा कति रोइन होला मेरि आमा के गरछेउ आमा तिमी लाई दुखि बनाएर नि .
धन कमाउनु पर्नी रोइछ आमा यहा साहु ले थर्काउदा तिमिले कराएर बिहानै उठाएको याद आउँछ आमा ू
अलि कति टाउको तात्दा नि पानी पट्टी गरि दिने मेरि आमा यहाँ जोरो आउदा नि काम गर्न जादा निकै सम्झिन्छु आमाूू निकै दुख छ भनी कसोरी सुनाउ आमा जुन दुख तिमिलाइ छोरो टाडा हुदा भएको छ।
के गर्द्छौ आमा मजबुरी ले गर्दा मजदुरि गर्नै पर्नी रोइछ आमाूूसम्झिन्छु आमाू तिमी लाई बेस्सरी यी गोरे हरु ले कराएको बेला
फेरि सोच्छु फर्केर आउछु भनी आमा फेरि ती तिम्रा झुत्रा लुका लाको सम्झिन्छु ू आमा चिन्ता न गरे आमा छोरो छिट्टै आउने छ । तिम्रा नि नाङ्गो खुट्टा मा चप्पल लाइदिने छ। ती झुत्रा लुगा माथी नया लुगा ले ढाक्दिने छु चिन्ता न गरे आमा ती तिम्रा शिर माथी लागिएका रिन का थुप्रो हटाउने छु आश नमारे आमा तिम्रो छोरो फर्की आर ती झुत्रा झुन्डिएको घर लाई सजाएर आफू सुखी महल बनाउने छु आमा आफू लाई समाले आमा तिम्रो छोरो तिम्रै सुखका आशले परदेशिएको छ। ती तिम्रा दुख देखि न सकेर परदेशिएको छोरो को आश न मारे आमा सम्झाना आउँछ निकै नै आमा दुई चाइ दिन कल न गर्दा न आत्तिए आमा । ती दुई चाइ दिन कल न गर्दा छोरो का बिजि छ भनी न आत्तिए आमा ती दुई चार दिन बढी काम गर्दा तिम्रा ती पछिका दुई चार मिनेट भएनी सुखी देख्न पाउनेछु । आमाू पिर नमाने आमा ूम चाडै फर्की आएर दुख सुख का जिवन बिताउने छौ ।