भारतमा कोरोनाः मृतकको संख्या १३७३ पुग्यो, ४२ हजार ५३३ संक्रमित

Corona
Corona
May 04, 1:13

धनगढी, वैशाख २२ – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७२ कोरोना संक्रमितको ज्यान गएसँगै कुल मृतकको संख्या १ हजार ३ सय ७३ पुगेको हो ।
भारतमा कोरोनाका बिरामी पनि थपिइरहेका छन् । पछिल्लो प्राप्त विवरणअनुसार, यहाँको कुल कोरोना संक्रमित संख्या ४२ हजार ५ सय ३३ छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या १२ हजार नौ सय ७४ पुगेको छ भने पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा पाँच हजार चार सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ९० जनाको मृत्यु भइसकेको छ । मध्ये प्रदेशमा पनि दुई हजार आठ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो राज्यमा एक सय ५६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, उत्तर प्रदेशमा संक्रमित संख्या दुई हजार ६ सय ४५ पुगेको छ भने ४३ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि नौ सय ६३ जनामा संक्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि अहिलेसम्म पाँच सय तीन जनामा भाइरसको संक्रमण देखिँदा चारजनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा