डोटीमा क्रियाशिल युवाहरूले राहत संकलन गरी स्थानीय तहलाई हस्तान्तरण गरे

Rahat
Rahat
May 05, 5:35

मनमोहन पनेरू  
दिपायल, वैशाख २३ –
डोटीमा क्रियाशिल युवाहरूले विभिन्न क्षेत्रबाट संकलन गरेर जम्मा पारिएको राहत दुईवटा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
जिल्लाको बोगटान फुड्सिल र केआईसिँह गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । मंगलबार दिपायलमा एक कार्यक्रमका बीच राहत हस्तान्तरण गरिएको हो ।
दुईवटा गाउँपालिकालाई हाल ५०÷५० बोरा चामल प्रदान गरिएको राहत संकलनमा सक्रिय युवा दिपेन्द्र सिँहले बताए । उनले भने,’मानवता भएका मान्छेबाट संकलन गरेको राहत सबै स्थानीय तहमा पुर्याउने हाम्रो लक्ष्य छ ।’
राहत बुझिसकेपछि बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले अहिलेको विपदको परिस्थितीमा कठिन अवस्थामा रहेका विपन्न नागरिकका लागि उपलब्ध राहत धेरै ठुलो हुने बताए । ‘यस्ता ससाना प्रयासहरू पनि ठुला हुन्छन्,’उनले भने,’कोरोनासंग जुझ्न यस्ता सामाजिक अभियानहरूले सरकारलाई ठुलो सहयोग गर्छ ।’
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले यस्ता सहयोगी कार्यक्रमहरूले विपदका बेला जोखिममा रहने विपन्न वर्गको जीविका चलाउन मद्दत गर्ने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा