राष्ट्रिय युवा संघ डोटीद्वारा सरकारको कोरोना कोषमा ११ हजार १ सय ११ रुपैंया सहयोग

Doti
Doti
May 08, 3:10

डोटी, वैशाख २६ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ डोटीले कोरोना सम्बन्धी कोषमा ११ हजार १ सय ११ रुपैंया सहयोग जम्मा गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरस विरुद्ध काम गर्न नेपाल सरकारले सहयोग संकलनका लागि सञ्चालनमा ल्याएको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा युवा संघले रकम जम्मा गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक डोटीमार्फत सो बैंकको सिंहदरबार परिसर काठमाण्डौमा रहेको खाता नं १९६०००००११०१ मा रकम जम्मा गरी डोटीका प्रमूख जिल्ला अधिकारी टेकनारायण पौडेललाई जम्मा गरिएको भौचर हस्तान्तरण गरेको राष्ट्रिय युवा संघ डोटीका संयोजक गोविन्द खड्काले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा