पुर्वीचौकी गाउँपालिकालाई २५ क्वीन्टल चामल हस्तान्तरण

rahat
rahat
May 11, 6:17

चक्र कुँवर, डोटी, वैशाख २९ - लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवारका लागि पुर्वीचौकी गाउपालीका लाइ २५ क्वीन्टल चामल हस्तान्तरण गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्वर १ तिखा घर भइ हाल धनगढीमा व्यापार गर्दै आएका समाजसेवी एवम नेपाली काङग्रेसका नेता लक्ष्मण खड्काको सहयोग तथा नेपाल विद्यार्थी संघ डोटीका नेता एवम सामाजीक अभियन्ता दिपेन्द्र वहादुर सिंहको सहलमा उक्त चामल हस्तान्तरण गरिएको हो । युवा अभियान्ता दिपेन्द्र सिंहले सञ्चालन गरेको राहत संकलन तथा वितरण कार्यक्रम मार्फत डोटीका स्थानीय तहका विपन्न तथा मजुर परिवारका लागि चामल हस्तान्तरण गर्ने कार्यक्रम रहेको वताइएको छ । खड्काले व्यक्तिगत रुपमा आफ्नो अभियान मार्फत आज सम्म संकलन गरिएको राहत मध्य सबै भन्दा बढी खाद्यान्न उपलब्ध गराएको बताए । आइतवार एक कार्यक्रमका विच नेपाली काङग्रेस डोटी क्षेत्र नम्वर १ का क्षेत्रीय सभापती विजय खड्काले गाउपालीका अध्यक्ष दिर्घराज वोगटीलाइ चमल हस्तान्तरण गर्नु भयको हो । चामल ग्रहण गर्दै गापालीका अध्यक्ष दिर्घराज वोगटीले खाद्यान्न प्रप्तीले आफु खुसी भएको र सहि सदुपयोग हुने वताउनु भएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले जारी गरेको लकडाउनले गर्दा आफ्नो गृह जिल्लाका जनताहरु भोकै बस्नु नपरोस् भनी नितान्त सेवा भावका साथ खाद्यान्न पठाएको खड्काले बताए । खड्काले तत्कालका लागि गरिव, विपन्न तथा मजदुर जनताको पेट भोको नरहोस् भनेर खाद्यान्न पठाएको बताए । खड्काले भने,‘कोरोना भाइरसको महामारीले विश्वनै संकटमा छ । यस्तो बेला हामिले सक्दो सहयोग गर्नै पर्छ । अहिलेका लागि खाद्यान्न पठाएको छु । त्यस्तै परिस्थिति आए अझै पनि सक्दो सहयोग गर्ने छु ।’ खड्काले डोटी जिल्लाका चार वटा स्थानीय तहहरु दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका, सायल गाउँपालिका र आर्दश गाउँपालिकाका लागि प्रति स्थानीय तह २० क्विन्टलका दरले ८० क्विन्टल चामल ढुवानी खर्च समेत आफै तिरेर डोटी पु¥याएका थिए । खाद्यान्न राहत उपलब्ध गराउने समाजसेवी खड्का नेपाली काँग्रसका नेता हुन् । उनि यस अघि नेपाली काँग्रेसबाट प्रदेशसभाका लागि डोटीको निर्वाचन क्षेत्र ‘क’ बाट उमेद्वारका दावेदार थिए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा