आरोप प्रमाणित गरेर देखाउन सांसद रानालाई वडा समितिको चुनौती

Dhan
Dhan
May 14, 7:17

धनगढी, १ जेठ
धनगढी उप–महानगरपालिका वडा नं २ मा गठित सर्वदलिय सर्वक्षिय राहत आपूर्ती समितिमा नेकपाको तर्फबाट प्रतिनिधीत्व गर्ने बिष्णु पुरीले रातह वितरणमा बिभेद गरेको भन्दै कार्यालयमा तालावन्दी गरेको घटना प्रति वडा समिति आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको छ ।
वडा समितिले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै आफै आपूर्ती समितिमा रहेकी पुरीले गलत गर्न नपाएपछि ताला लगाएको विज्ञप्तीमा उल्लेख छ । पुरीले राहत वितरणमा बिभेद गरेको र दलित बस्तीमा कुहिएको चामल बाडेको आरोप लगाएकी छन् । बिज्ञप्तीमा यस बिषयमा कैलाली क्षेत्र नं ५ बाट निर्वाचित सांसद नारद मुनी रानाले स्थानीय सरकार मार्फत कांग्रेस कार्यकर्ताले रातह बाडेको भनेर लगाएको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिईएको छ ।
लकडाउनका कारण समस्यामा परेका श्रमजिवि, कृषक, मजदुर,सानाव्यापारी,ई–रिक्सा चालक,भाडामा बसि रहेका विद्यार्थीहरु सबै वडामा पहिलो चरण अन्तरगत ६ सय ५० कोटा (प्रतीपाकेटमा १० के.जी.चामल,दाल,तेल,नुन रहेको) राहत वितरण देखि नै वडा स्तरमा सर्वपक्षिय,सर्वदलिय बैठक बसाई पिडित जनसमुदायको तथ्याङ्क संकलन, तथ्याङ्क सत्यापन र राहत वितरण लगायतका कार्यमा सबै पक्षको संलग्नता गराएको कुरा कार्यालयमा रहेको दस्तावेजले पुष्टि हुन्छ विज्ञप्तीमा भनिएको छ । दोश्रो चरणको राहत अन्तरगत उप–महानगरपालिका कार्यालयबाट एकद्वार प्रणालीबाट १९वटै वडालाई उपलब्ध गराए झै यस वडा नंं.२ लाई प्राप्त नयाँका लागि ६५० कोटा (प्रती पाकेटमा ३० के.जी.चामल ६ सय कट्टा र १५ के.जीका १०० कट्टा ,दाल,तेल,नुन,साबुन र चिनी रहेको) र पुरानाका लागि थप ६५० कोटा (प्रतीपाकेटमा २० के.जीका ६५० कठा चामल,दाल,तेल,नुन,साबुन र चिनी रहेको) मध्ये सर्वपक्षिय रुपमा बसेको बैठकको निणर्य अनुसार सरस्वतीनगर,श्रीलंका बस्ती,संतोषी टोल र वैयावेहडीका बासिन्दालाई करिब ३ सय २० कोटा (३०÷२० के.जीकट्टा ३२० कठा चामल,दाल,तेल,नुन,साबुन र चिनि रहेका पाकेट) वितरण गरि सकिएको छ विज्ञप्तीमा भनिएको छ , जिशिका रोड,पुरानो भन्सार रोड,नवदीप टोल,मिलन चोक र शिखर टोलका समस्यामा परेका जनसमुदायलाई मिति २०७७ वैशाख ३० गते राहत वितरणको तयारी भैरहेका बेला उप–महानगरपालिकाले वितरण तत्कालका लागि राहत वितरणको कार्य रोक्न सूचना आएपछि रोकिएको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा वडा कार्यालयमा ताला लगाएर फोहरी राजनिति नगर्न नेकपालाई सचेत गराईएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा