सीमाबाट उद्धार गरिएका नागरिकका लागि खाजा पानीको व्यवस्था

Doti
Doti
May 30, 2:54

 मनमोहन पनेरू, डोटी, जेठ १७ – नेपाल भारत सीमाबाट उद्धार गरिएका नागरिकका लागि खाजा र पानीको व्यवस्था गरिएको छ । सीमाबाट स्थानीय तहले उद्धार गरि गृहजिल्ला डोटी ल्याएका नागरिकलाई जिल्लाका व्यापारी, निर्माण व्यवसायी, राजनीतिक दलका नेता तथा समाज सेवीहरुले खाजा र पानीको व्यवस्था गरेका हुन् ।
डोटीमा बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुले भारतबाट आएकाहरुको लागि खाजा, पानीको व्यवस्था गर्दै आएका छन् । यसै क्रममा शनिबार डोटी पुगेका तीन सय भन्दा बढी व्यक्तिहरुका लागि पुरी तरकारी र पानिको व्यवस्था गरिएको हो । विहान डाटी पुगेका उनिहरुलाई दिपायल स्थित कुलपाते, राजपुर खप्तड रंगशालामा खाजा र पानि खुवाइएको थियो ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति विजय खड्काको नेतृत्वमा तीन सय भन्दा बढी ब्यक्तिलाई खाजा र पानीको व्यवस्था गरिएको थियो । सीमापारीबाट आएका दाजुभाइहरुले बाटोमा केही खान नपाउने अवस्था रहेकाले उनिहरुका लागि विहान ६ बजे देखी ८ बजे सम्म खाजा र पानीको व्यवस्था गरेको सभापति खड्काले बताए । उनले दिपायल स्थित केही व्यवारी, निर्माण व्यवसायी, समाजसेवीहरुको सहयोगमा ती सय भन्दा वढी नागरिकलाई विहानको खाजा खुवाईएको बताए । खड्काले महामारी, संकटका वेला आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्न आह्वान समेत गरेका छन् ।
सीमा नाका बाट उद्धार गर िकैलाली हुँदै दिपायल पुगेका नागरिकलाई स्थानिय तहहरुले गाडीको व्यवस्था गरि आ–आफ्ना नागरिकलाई पालिकाले स्थापना गरेको क्वारेण्टाइनमा लगेकाछन् । भारतबाट दैनिक सयौंको संख्यामा आउने गरेका कारण व्यवस्थापन गर्न निकै समस्या भैरहेको स्थानिय तहले जनाएका छन् । स्थानिय तहले क्वारेण्टाइनका रुपमा प्रयोग गरेका बिद्यालयहरु भरिभराउ भएपछि अव आउँने नागरिकलाई राख्न क्वारेण्टाइनको व्यवस्था गर्न निकै कठिन भएको बताउँदै आएकाछन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा