समाज सेवी जोशीद्वारा भारत बाट आउने २ सय १६ जनालाई खाजा पानीको व्यवस्था 

Sahayog
Sahayog
May 31, 9:58

मनमोहन पनेरू,  
दिपायल,
लामो समय देखि समाज सेवा गरी राख्नु भएको भक्तराज जोशीले आज कैलालीको गौरीफन्टा नाकामा भारत बाट आउने २ सय १६ जनालाई चाउचाउ र पानीको व्यवस्था मिलाएको नेपाल बिध्यार्थी सँघका नेता दिपेन्द्र सिँहले जानकारी दिनु भएको छ । 
भारतबाट आउने सुदुर पश्चिमका विभिन्न जिल्लाका गरेर खाजाको व्यवस्था गरेको थियो ।  गौरिफन्टा नाकाबाट आउने पुर्बिचौकी गाउपालिका डोटिका ६९ जना, सायल गाउपालिका डोटी का ९५ जना र खप्तड छान्ना गाउपालिका बझाङ का ४० जना यात्रु र  १२ जना बस कर्मचारीलाई पानी र चाउचाउ उपलब्ध गराइएको हो ।  

sahayog


जोशीको पुर्ख्यौली घर डोटी र अहिले हाल उहाँ कैलालीमा बसोबास गर्दै आउनु भएको । र उहाँले यो भन्दा अगाडि पनि डोटि पुर्वीचौकी गाउँपालिकाका अति बिपन्न परीवार रासन बितरण गरेका थिए । 
    साथै यसकार्यमा सहयोग गर्नुहुने जङ्ग श्रीमाल, मोहन वलि, शेर बहादुर बोगटी, कुबेर खड्का, रोसन उपाध्याय लगायत सात जनालाइ पिपिइ सेट उपलब्ध गराइयो । भने खाजा पानी बितरणमा  धर्मराज जोशी, दिपेन्द्र सिंह लगायत सबै सहयोगीता रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा