डोटीका सङ्क्रमित १२ गते भारतबाट आएका थिए, बच्चा र श्रीमतीसहित जिल्ला अस्पतालको आइसोलेसनमा
डोटी, जेठ १९ – डोटी जिल्लामा पहिलो पटक कोरोना पुष्टि भएका पुरुष भारतबाट आएको खुलेको छ । जेठ १२ गते बिहान भारतबाट गौरिफण्टा नाका हुँदै डोटी पुगेका शिखर नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
बच्चा र श्रीमती सहित भारतबाट आएका उनलाई १२ गते नै क्वारेण्टाइनमा राखिएको थियो ।
क्वारेण्टाइनमा रहेका सङ्क्रमित शुक्रवार बच्चाको स्वास्थ्यमा समस्या देखिए पछि बच्चा, श्रीमती सहित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका थिए । शिखर नगरपालिकाको एम्बुलेन्स मार्फत उनीहरूलाई जिल्ला अस्पताल पु¥याइएको थियो । सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
सङ्क्रमितको कन्ट्राक ट्रेसिङ भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । सङ्क्रमित सँगै चार जना जिल्ला अस्पतालको आइसोलेसनमा रहेका छन् । सङ्क्रमितकी श्रीमती र बच्चाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरूको पुनः पिसिआर परीक्षण गर्ने तयारी भइरहेको छ ।
सोमबार धनगढी प्रयोगशाला मार्फत गरिएको परीक्षणमा सुदूरपश्चिमका १८ जनामा कोरोना पुष्टि भएको थियो ।