दुर्गा अधाभुत क्वारेण्टाइनमा योगाभ्यास

Yoga
Yoga
June 02, 10:12

मनमाेहन पनेरू,
डोटी - दिपायल सिलगढी नगरपालिका वडा नं. ३ ले स्थापना गरेको क्वारेण्टाइनमा योगाभ्यास गरिदै आएको छ । वडाध्यक्ष चर्क माझीको समन्वयमा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र दिपायलको सहयोगमा योगाभ्यास गराईएको हो ।
क्वारेण्टाइनमा बसेकाहरुको शारिरिक व्यायम पनि हुने, रोग प्रतिरोधात्मक क्षमता पनि पढ्ने र मनोरञ्जन पनि हुने भएकाले योगा अभ्यास गराउने गरेको वडाध्यक्ष चर्क माझीले बताए । योगाभ्यास गराईएको दुर्गा आधारभुत विद्यालयमा स्थापित क्वारेण्टाइनमा ६१ जना बस्ने गरेका छन् ।
आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रशिक्षकले  विहान १ घण्टा योगाभ्यास गराउने गरेकाछन् । शरिलाई तन्दुरुस्त राख्न योगा संगै औषधिहरु पनि वितरण गरिएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र दिपायलका प्रमुख दिव्या घिमेरले बताइन् । उनले योगा अभ्यासले शरिरमा अक्सिजनको मात्रा समेत बढ्ने भएकाले योगा सबैका लागि आवस्यक रहेको बताइन् ।
क्वारेण्टाइनमा बसेकाहरु तनावमा देखिएकाले उनिहरुलाई तनावमुक्त गर्न शरिरको रोग प्रतिरोधात्मक क्षमता योगभ्यास गराइएको योग प्रशिक्षक रमेश नाथले बताए । उनले कोरोना भाइरस कोभिड १९ संग लड्न ५ वटा आशन, सुर्य नमस्कार जस्ता योगअभ्यास गराइएको बताए ।
क्वारेण्टाइनमा बसेकाहरुमा एलर्जि, ग्यास्टिक जस्ता समस्याहरु देखिएकाले औषधिहरु पनि वितरण गरिएको प्रशिक्षक नाथले बताए । खप्तड अनलाईन  संगको कुराकानीमा नाथले इम्युनिटी पावर बढाउनका लागि हसोगन्धा, सिलाजित, सितोप्लाजी स्वर्ण जस्ता साइडइफेक्ट नगर्ने आयुर्वेद औषधिहरु वितरण गरिएको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा