रुकुम घटना सङ्घर्ष समितिद्वारा जिल्ला प्रशासन कार्यालय डोटीमा धर्ना
डोटी, जेठ २१ – रुकुम घटना सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय डोटीमा धर्ना दिएको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरूको सामूहिक कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ राना गाउँका नवराज विक लगायत दलित युवाहरूको हत्या गरिएको घट्नाका विरुद्धमा आज जिल्ला प्रशासन कार्यालय डोटीमा दोषीहरू माथि कानुन अनुसार कडा कारबाही लागि दबाब दिन रुकुम घटना विरुद्ध संर्घष समितिले विरोध धर्ना कार्यक्रम गरेको हो ।
घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई मौजुदा कानुन अनुसार तत्काल कारबाहीको दायरामा ल्याउन सङ्घर्ष समितिका संयोजक अधिराज बिसीले बताउनु भएको छ । मानवीयताका विरुद्धमा भएको घटनामा सरकार उदासीन रहेको संयोजक बिसीले बताउनु भएको छ । धर्ना कार्यक्रममा सङ्घर्ष समितिका सदस्य संस्था तथा व्यक्तिका साथै दलित अधिकार कर्मी, दलित समुदायका अगुवा, दलित युवा, मानवअधिकार कर्मी, गैसस महासङ्घ लगायत अन्य संस्था तथा व्यक्तिहरूको सहभागिता रहेको थियो