काँग्रेस क्षेत्रीय सभापति खड्काको पहलमा डोटीका स्थानीय तहलाई ११ लाख बराबरको खाद्यान्न तथा सरसफाइ सामग्री सहयोग
डोटी, जेठ २६ – नेपाली काँग्रेस डोटी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजय खड्का र नेपाल विद्यार्थी सङ्घका नेता दीपेन्द्र सिंहको पहलमा डोटीका ९ स्थानीय तहलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । विपन्न नागरिकको सहजताका लागि राहत सङ्कलन अभियानमा सक्रिय नेताद्वयले स्थानीय तहलाई झन्डै ११ लाख बराबरका सामग्रीहरू सहयोग गरेका हुन् ।
सभापति खड्काले हालसम्म बोगटाना, केआइसिसंह र जोरायल गाउँपालिकालाई साढे १२/१२ क्विन्टलका दरले खाद्यान्न वितरण गरिएको जानकारी दिए । त्यस्तै शिखर नगरपालिकालाई २० क्विन्टल, पूर्वी चौकी र सायल गाउँपालिकालाई २५/ २५ क्विन्टलका दरले राहत वितरण गरिएको र बढी केदार गाउँपालिकालाई स्वास्थ्य सामग्री तथा लत्ताकपडा सहयोग गरिएको उनको भनाई छ ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका लाई ५० क्विन्टल खाद्यान्न तथा सरसफाइका सामग्री सहयोग चलिरहेको उनको भनाई छ । दिपायल सिलगढी नगरपालिका लाई सरसफाइका सामग्री र खाजा व्यक्तिगत सहयोग गरेका हुन् ।
यसका साथै ९ वटै स्थानीय तहका क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूलाई मनोरञ्जनात्मक तथा ज्ञानवर्धक पुस्तकहरू र दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरूलाई घरमै औषधी पु¥याउने कार्य पनि सम्पन्न गरेको बताए
दिपायल सिलगढी नगरपालिकामा चलिरहेको सहयोग अभियान आइतबार वडा नम्बर ८ लडागडाका वडा अध्यक्ष राम बहादुर खड्का मार्फत क्वारेन्टाइनहरुमा खाद्यान्न तथा सरसफाइका सामाग्रीहरू वितरण गरेर सुरुवात भएको थियो ।