पूर्वीचौकी गाउँपालिकाको कोरोना कोषमा नेपाली कांग्रेसको ५१ हजार सहयोग 

Doti
Doti
June 11, 6:47

डोटी, जेठ २९ - कोरोना महामारीसंग जुझ्नका लागि सघाउ पुर्याउन नेपाली कांग्रेस डोटीको पूर्वीचौकी गाउँपालिका इकाई कमिटीले गाउँपालिकालाई ५१ हजार सहयोग गरेको छ ।
बिहिवार गाउँपालिकाको कोरोना कोषमा उक्त रकम जम्मा गरेर सो रकमबाफतको भौचर नेपाली काँग्रेस पूर्वीचौकीका संयोजक नवराज खड्काले गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीलाई हस्तान्तरण गरे ।

सो रकम हस्तान्तरणपछि नेपाली काँग्रेसका नेता रामप्रसाद उपाध्यायले कोरोनाको महामारीसंग जुध्न काँग्रेस गाउँसरकारसंगै रहेको प्रतिक्रिया दिए । ‘महामारीबाट जनता र मुलूक जोगाउन काँग्रेस सरकारको साथमा छ,’ उनले भने,’सरकारका सही कदममा हामी साथ दिन्छौ । गलत भएकोमा सच्याउन सुझाव र दवाव दिन्छौ ।’

अर्का नेता बमबहादुर कठायतले गाउँपालिका, तथा प्रदेश र संघ सरकारले विपतको सामना सुझबुझपूर्ण ढंगबाट गर्नुपर्ने बताए । उनले भने,’हामीलाई कहिँ न कहीँ सरकार चुकेको अनुभूति भएको छ । यसतर्फ सचेत भएर काम गर्न सुझाव छ ।’

काँग्रेस गाउँपालिका संयोजक खड्काले विपत्तिमा जनता जोगाउन आवश्यक सहयोग र सहकार्य गर्न काँग्रेस तयार रहेको सन्देश दिन यो रकम प्रदान गरेको बताए ।

गाउँपालिका अध्यक्ष बोगटीले उपलब्ध रकमले कोरोना महामारीसंग जुझ्न सहयोग पुग्ने भन्दै धन्यवाद दिए ।

हस्तान्तरणका क्रममा काँग्रेस नेताहरू बलबहादुर खड्का, कुबेर खड्का, नेविसंघका नेता रेशमबिक्रम खड्का लगायत पनि थिए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा