काङ्ग्रेसद्वारा क्वारेन्टाइनमा सरसफाइका सामग्री वितरण
चक्र कुँवर,
डोटी, जेठ ३० –
नेपाली काङ्ग्रेस बोगटान फुड्सिल गाउँपालिकाले क्वारेन्टाइनमा रहेका मानिसहरूलाई सरसफाइका सामाग्रीहरू वितरण गरेको छ । गाउँपालिकाका पाँच वटा वडामा रहेका क्वारेन्टाइनमा पुगी उक्त सामानहरू वितरण गरिएको हो । पालीका अन्तर्गत विभिन्न वडाहरूमा रहेका ३१ वटा क्वारेनटाइनका ४५० जना लाई सामाग्री वितरण गरिएको नेपाली काङ्ग्रेस बोगटान फुड्सिल गाउँपालिकाका संयोजक शेर बहादुर बमले जानकारी दिए । जस अन्तर्गत सबै वडामा साबुन, कोल गेट, ब्रस, चाउचाउ, बाल्टी, त्रीपाल र कम्बल स्थानीय जनप्रतीनिधीको रोहबरमा वितरण गएको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य नरेश खड्काले बताए । वाकी रहेका दुई वटा वडा चमाराचौतारा र गगुडामा केही दिनमा सामान वितरण गर्ने खड्काले बताएका छन् । यो सामान वितरण पछि थप राहतका कार्यक्रमहरू सञ्चालन गर्ने दलित सङ्घ डोटीका अध्यक्ष लाल बहादुर विकले बताए । समान वितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य डिल बहादुर बम, नेपाल दलित सङ्घ डोटीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि लाल बहादुर विक, जिल्ला कार्यसमिति सदस्य खडक बहादुर बोहरा, नरेश खड्का, गाउँपालिका संयोजक शेर बहादुर बम र नेपाली प्रेस युनियन डोटीका उपाध्यक्ष चक्र कुँवर लगायत स्थानीय नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको थियो ।