आज डोटीका मात्रै ७२ जनामा कोरोना पुष्टि, जिल्लामा कुल सङ्क्रमित १ सय पार 

RDT Test final_Doti.
RDT Test final_Doti.
June 20, 7:09

डोटी, असार ६ – सुदूरपश्चिममा आज थप एक सय ६३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२, धनगढी प्रयोगशालामा ६९ र शिक्षण अस्पताल महाराजगन्जमा रहेको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो ।
आज सङ्क्रमित देखिने सबै भन्दा बढी डोटीका रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका नौ महिला र ५२ पुरुष गरी ६१ जना र धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ११ जना गरी कुल ७२ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो । 
यो सँगै डोटीमा मात्रै कुल सङ्क्रमित हुनेको सङ्ख्या १ सय एक सय ३३ पुगेको छ । 
सुदूरपश्चिममा भने सङ्क्रमितको सङ्ख्या नौ सय ४८ पुगेको छ। 
प्रदेशका नौ जिल्ला मध्य हालसम्म सबैभन्दा बढी कैलालीमा दुई सय २९, डडेल्धुरामा एक सय ७१, बैतडीमा एक सय ४०, कञ्चनपुरमा ९७, अछाममा ७६, बाजुरामा ७०, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा