डोटीमा कोरोना प्रभाबितलाई धारामा आउन नदिन छोडीएको करेन्ट लागेर एक महिलाको मृत्यु  

Current
Current
June 20, 7:32

डोटी, असार ६ – डोटीको आदर्श गाउँपालिका वडा नं ७ मा एक जना महिला करेन्ट लागेर मृत्यु भएको छ । कोरोना प्रभाबित ब्यक्ती धारामा नुहाउन आउने भन्दै स्थानीय १९ बर्षिय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेको स्थानीले बताएका छन  । आदर्श वडा नं ७ नवाघरकी  मानबहादुर बाघकी २६ बर्षिय श्रीमती तुल्सी थापा बाघको धारामा नुहाउन जाँदा करेन्ट लागेर मृत्यु भएको हो स्थानीय गणेश बिष्टले जानकारी दिएका छन । 
गाउँको सार्बजनिक धारामा भारतबाट आएका कोरोनाको संक्रमीत भएका ब्यक्ती पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छोडेको किमाडीले स्वीकार गरेका छन ।  करेन्ट छोड्ने किमाडीलाई ईलाका प्रहरी कार्यालय आदर्शमा  नियन्त्रणमा लिएर राखिएको छ । शब अहिले जिल्ला अस्पताल डोटी ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्र मल्लले  बताउनु भएको छ । गाउँको सार्बजनिक धारामा घरबाट बिजुलीको तार र ग्याबिन जालीको तार जोड्यर धारामा लगाएपछी धारामा समेत करेन्ट प्रवाह भएको थियो । मृतक महिला बाल बिकासमा सहयोगी कार्यकर्ताको रुपमा समेत क्रियाशिल समेत रहेकी थिईन ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा