डोटीमा जोखिममा रहेका समूहलाई विशेष व्यवस्था मिलाइने प्रजिअः भट्टराई

CDO Final
CDO Final
June 22, 7:19

गणेश मौनी 
डोटी, असार ८ – डोटीमा क्वारेन्टाईन र आइसोलेसन केन्द्रमा बस्ने जोखिममा रहेका समूहलाई विशेष  सेवा सुविधा र सुरक्षा सहितको व्यवस्था मिलाइने डोटीका प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भट्टराईले बताएका छन् । 
प्रजिअ भटराईको  संयोजकत्वमा सोमबार बसेको  जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । 
बैठकले क्वारेन्टाईन स्थलहरूमा रहेका गर्भवती तथा सुत्केरी महिलाहरू, ज्येष्ठ नागरिक, बालबालिका, दीर्घ रोगीहरूलाई आवश्यक विशेष सेवा सुविधा र सुरक्षा सहित छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाउन तथा क्वारेन्टाईन र आइसोलेसन केन्द्रहरूमा महिला हिंसाका घटना हुन सक्ने तर्फ सजगता अपनाई महिलाहरूका लागि छुट्टै सुरक्षित स्थानको व्यवस्था मिलाई महिलाहरू भएको क्वारेन्टाईन स्थलमा महिला स्वयंम सेवीकाको व्यवस्था मिलाउन स्थानीय तहसँग समन्वय भएको प्रजिअ भट्टराईले बताए । 
बैठकले बन्दा बन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र गराउन जिल्ला स्थित सरोकारवाला निकायसँग समन्वय गर्ने, कोरोना सङ्क्रमणको महामारीबाट बच्च सङ्क्रमण रोकथाम,  नियन्त्रण र उपचारका लागि नागरिक सचेतना तत्कालका लागि प्रभावकारी उपाय रहेको हुँदा सचेतनामूलक कार्यक्रमलाई  स्वास्थ्य सम्बन्धी मापदण्ड तथा तोकिएका नियमहरू पालना गर्ने गरी अभियानको रूपमा सञ्चालन गर्न सरोकारवाला निकायहरू सँग समन्वय गर्ने निर्णय भएको समेत प्रजिअ भट्टराईले बताए ।   
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा