केआइसिंह गाउँपालिकाको क्वारेन्टिनमा आगलागी, १५ लाख बराबरको क्षति

aago
aago
June 26, 12:17

                                           
मनमाेहन पनेरू
डोटी : डोटीको केआइसिंह गाउँपालिकास्थित एक विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा आगलागी भएको छ। वडा नम्वर ६ मा रहेको देवस्थल माध्यमिक विद्यालयमा  आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट विद्यालयमा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
विधुत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान रहेको छ। भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई त्यस विद्यालयमा बनाइएको क्वारेन्टिमा राखिएको छ। क्वारेन्टिनमा सुरक्षाका लागि खटिएका प्रहरीले आगलागी भएको देखेपछि स्थानीयबासी, क्वारेन्टिनमा बसेका स्थानीय र प्रहरी सहितको टोलीले आगो नियन्त्रणमा लिएका छन्। 
आगलागीबाट विद्यालयको डेस्कटप कम्प्युटर ५ थान, ल्यापटप १, फोटोकपि मेशिन २ थान, प्रिन्टर १, ई–हाजिरी मेशिन १ थान लगाएतका मेशिनरी सामानहरु तथा फर्निचरहरु जलेर नष्ट भएको विद्यालयका लेखापाल गणेश भट्टले बताए। त्यसैगरी लाईब्रेरीका झण्डै २ लाख ५० हजार रुपैयाँ बराबरका पुस्तकहरु पनि जलेर नष्ट भएको उनको भनाइ छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा