काङ्ग्रेसले स्थापना गरेको राहत कोषमा समाजसेवी कठायतद्वारा २१ हजार सहयोग

Sahayog
Sahayog
June 29, 12:25


डोटी, असार १४ -
नेपाली कांग्रेस डोटीले कोभिड–१९ महामारीलाई लक्षित गर्दै स्थापना गरेको ‘आकस्मिक राहत कोष’मा   आर्थिक संकल भइरहेको छ। महामारीमा सिर्जना हुनसक्ने अवस्थालाई सामना गर्न र जनतालाई सक्दो सहयोग पु¥याउन उदेश्यले स्थापना गरेको कोषमा सहयोग जुटिरहेको हो ।
सो कोषमा समाजसेबि अनन्त कठायतले २१ हजार एक सय रुपैया जम्मा गरेका छन् । ‘महामारीमा कांग्रेस डोटीले दायित्वबोध गरेर आकस्मिक कोष स्थापना गरेर सह्राहनिय काम गरेको छ,’ उनले भने,‘यसलाई बलियो बनाउने र विपदमा परेका जनसमुदायको हित गर्ने दायित्व हामी सबैको हुन्छ । तसर्थ मैले सक्दो सहयोग गरेको  कठायतले बताए ।  त्यस्तै नेपाली काङ्ग्रेस नेता पदमराज जोशीले पनि आकस्मिक राहत कोषमा दस हजार  जम्मा गरेका छन् । त्यस्तै नेपाली काङ्ग्रेस नेता नरेन्द्र बहादुर  सिंहले पनि राहत कोषमा पाँच हजार जम्मा गरेका छन् ।
राहत कोषका संयोजक तथा नेपाली कांग्रेस डोटीका उप सभापती लक्ष्मण सिहले कोषमा उठेको रकमले कोरोना महामारीले समस्यामा रहेका डोटीका नागरिकहरुको राहतमा प्रयोग गरिने बताए । ‘सरकारको लाचारी र गैह्रजिम्मेवारीपनले कोरोना महामारी निकै जटिल रुप लिने स्थितीमा छ,’ उनले भने,‘यस्तो अवस्थामा कांग्रेस चुप लागेर बस्ने अवस्था हुदैन् । त्यसैले नागरिकको हितका लागि हामीले यो अभियान थालेका छौ ।’
सो कोषमा आवश्यक सहयोग गर्न उनले अपीले गरे । ‘निकै कठिन अवस्था सिर्जना हुदैछ । यसमा जनतालाई जोगाउन, भोकभोकै मर्नबाट बचाउन हामी सबैको भूमिका हुनुपर्छ । यसैले सबैलाई सक्दो सहयोग गर्न आग्रह गर्दछु,’ उनले भने ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा