सेती नदी किनारमा घाटीमा डोरीले बाँधेको शिशुको शव फेला
June 29, 9:57
मनमाेहन पनेरू
डोटी, असार १५ -
डोटीको दिपायल सिलगढी नगरपालिका ३ स्थित जिल्ला आयुर्वेदिक अस्पताल नजिक रहेको सेती नदीको किनारमा बेवारिसे शिशुको शव फेला परेको छ । शव इलाका प्रहरीका अनुसार जन्मेको २२ देखि २५ घण्टा सम्मको रहेको इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज रमेश बहादुर शाहीले बताए ।
शाहीका अनुसार शिशु कसको हो भन्ने पहिचान खुलेको छैन । बिहानको समयमा सेती नदीमा धमिलो पानी र नदीको पानी पनि बढी रहेको थियो त्यही अवस्थामा नदीमा बगाएको अनुमान गरेको छ ।
शवको घाटीमा डोरी लगाएको हुनाले मारेको र मारी सके पछि नदीमा बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
यस वारे थप अनुसन्धान भइरहेको र थाह पाएमा हदै सम्मको कारबाही हुने उनले बताएका छन् । शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 21, 12:58
February 02, 7:01
March 09, 5:56
June 08, 11:43
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा