कविताः ‘सत्य लेख्दै छ भानु’ विभूति अधिकारी

Bibhuti Adhikari
Bibhuti Adhikari
July 13, 2:10

श्री गणेशाय नमः
शिर्षकः ‘सत्य लेख्दै छ भानु’
छन्दः मन्दाक्रान्ता

जागौँ जागौँ , कवि जनहरू , लेख्न यो लोकलाई 
लेखौँ लेखौँ , रसिक कविता , भेट्न आलोकलाई 
लम्कौँ लम्कौँ ,सुजन कवि हो ,चुम्न यी शैललाई 
छोपौँ छोपौँ ,वचन युगका ,सत्य सारा समाइ ।

लेखुन् हाम्रा कलम मनले सत्य साँचो सदैव 
छैनन् होला सरल कविता लेख्न गाह्रो अवश्य 
जे जे देख्छौ सर सर  यहाँ लेखिऊन्  सत्य सारा
लेखुन् लेखुन् कथन कविले तथ्य राखेर सारा । 

लेख्दै लेख्दै ,कवि अघि बढे , बढ्छ रे विश्व जम्मै
हिँड्दै हिँड्दै , कवि अघि सरे, सर्छ रे सृष्टि जम्मै 
लेख्नै छाडे , सरस कविता , चल्छ ब्रह्माण्ड के यो रु 
हिड्नै त्यागे , कवि मनहरू , सृष्टिमा रात्रि छायो ।

छेडी कालो , कुटिल रजनी , निस्क हे भानु निस्क 
ज्ञानी मानी , रवि किरण भै , निस्क नै पर्छ निस्क 
ूलोके सत्यम्ू , जप जप अझै , गुह्य धेरै छ जान्नु 
यो धर्तीको , गहन बुझिने , सत्य लेख्दैछ भानु ।।


विभूति अधिकारी 
दून एकेडेमी
धनगढी, कैलाली

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा