साढे तीन करोड लोन पास गरिदिने भन्दै १० लाख ठग्ने २ जना डोटीबाट पक्राउ

arrest
arrest
July 14, 6:23

धनगढी, असार ३० - 
बैँककको शाखा अधिकृत भन्दै १० लाख ठगी गरेको आरोपमा कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ का ३२ वर्षिय पदमराज भट्ट र डोटीको आदर्श गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षिया सञ्जाकुमारी कठायत रोकायालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई डोटीको पिपल्लाबाट पक्राउ गरिएको हो। उनीहरुले कैलालीको टीकापुर नगरपालिकाकी ४४ बर्षीया महिलालाई आफुहरु नेपाल बैंक लिमिटेडको अधिकृत भएको भन्दै १० लाख ठगेको आरोप लागेको छ।
१० लाख दिएमा साढे तीन करोडको लोन पास गरिदिन्छु भन्दै दुवै जनाले महिलालाई ठगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। 
उनीहरुको साथबाट नेपाल बैँक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आईएमईका भौचर समेत बरामद गरिएकाको कैलाली प्रहरी प्रवक्ता बिष्टले बताए।  ठगी शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्यादथप समेत गरिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा