डोटीको शिखर नगरपालिकामा आज ४० जना कोरोना संक्रमीत भेटिए

कोरोना
कोरोना
July 20, 5:58


धनगढी साउन,५,२०७७
     डोटीको शिखर नगरपालिकामा आज ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा शिखर नगरपालिकाका ४० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

     उनका अनुसार संक्रमण पुष्टि भएका ४० जना शिखर नगरपालिका वडा नंम्बर ५, ७, ८ र १० का क्वारेन्टिनमा रहेका छन् । पुष्टि भएका सबै केही दिन पहिले भारतबाट आएर क्वारेन्टिनमा रहेका स्वास्थ्य प्रमुख मलासीले बताए ।

   आज ४० जना थपिए संगै डोटीमा संक्रमितको संख्या ५ सय ८५ पुगेको छ । स्वास्थ्य प्रमुख मलासीका अनुसार यी मध्य ५ सय ३७ जना संक्रमित निको भएर घर फर्किसकेका छन।आज थपिएका ४० जना र यस अघिका ८ जना मात्र अस्पताल र स्थानीय तहका आईसोलेशनमा रहेको स्वास्थ प्रमुख मलासीले बताए।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा