चर्को भाडादर प्रति नागरिक समाजको आपत्ति

Doti
Doti
July 24, 10:46


साउन ९, २०७७
मोहन पनेरु,डोटी
सर्वसाधारणको ढाड सेक्ने गरी सार्वजनिक यातायातहरुले असुलिरहेको चर्को भाडादर प्रति डोटीका नागरिक समाजले आपत्ति प्रकट गरेका छन् ।
बिहीबार डोटीको सिलगढीमा बसेको नागरिक समाजको बैठकले सो आपत्ति प्रकट गरेको हो । कोभिड १९ बाट बच्न सामाजिक दुरी कायम गर्ने नाममा सवारीसाधन धनीहरुलाई दोब्बर भाडा उठाउन सरकारले दिएको अनुमतिले सर्बसाधारण मारमा परेको नागरिक समाजको निष्कर्ष छ । नागरिक समाज डोटीले सो सवालमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीलाई ज्ञापन पत्रमार्फत पहिलो चरणमा ध्यानाकर्षण गर्ने निर्णय गरिएको नागरिक समाज डोटीका अध्यक्ष तथा पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले बताए । बैठकमा गैसस डोटीका अध्यक्ष रघु कठायत, सोर्स नेपालका निर्देशक लाल बहादुर बिक, सामुदायिक बिकास केन्द्रका एकराज बडु , पत्रकार खगेन्द्र सिंह, कर्ण चन्द लगायतले चर्को भाडा उठाएर कालोबजारी भएको समेत आरोप लगाए । ‘यातायात ब्यवसायीहरुलाई घुमाउरो पारामा सरकारले कालोबजारी गर्न उक्साएको छ’, गैसस डोटीका अध्यक्ष रघु कठायतले भने, ‘कोभिड १९ का कारण त्यसै पनि बिभिन्न बाध्यता र समस्यामा परेकालाई राहत दिनुको साटो उल्टै चर्को भाडा उठाउन लगाउनु सरासर बेइमानी हो । यसका लागि नागरिक समाज चरणबद्ध सरकारको ध्यानाकर्षण गर्छ ।’
नागरिक समाज डोटीले आइतबार जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाउने, अर्को चरणमा यातायात ब्यवसायी, राजनैतिक दल र जनप्रतिनिधीहरुको सहभागितामा अन्तरकृया गर्ने निर्णय गरेको थियो ।
यस बाहेक नागरिक समाजले स्थानिय तहहरुमा कोभिड ९० नियन्त्रण गर्ने नाममा गरिएका अनियमीतता बारे आवाज उठाउने तथा भदौ बाट बिद्यालयहरुमा पठनपाठन हुन सक्ने बाताबरण तयार पार्न समेत सरकारको ध्यानाकर्षण गर्ने बिषयमा छलफल भएको थियो । नागरिक समाज डोटीले बैठक पछि जिल्ला समन्वय समिति प्रमुख राम बहादुर ऐर संग समेत चर्को भाडा उठाइएको प्रति ध्यानाकर्षण गरेको थियो । समन्वय समिति प्रमुख ऐरले नागरिक समाजको सवाल समयसान्दर्भिक रहेको र आफु पनि भाडा बढाइएको बिषयमा असन्तुष्ट रहेको जानकारी दिए ।
चर्को भाडा असुलीप्रति सर्वसाधरणले बिरोध गरेका छन् । सरकारले सामाजिक दुरी कायम राखेर सिट क्षमताभन्दा आधा मात्र यात्रु बोक्न निर्देशन गरेपनि त्यसको कार्यान्वयन भने फितलो रहेको छ । बरु सिट क्षमताभन्दा बढी यात्रु ओसार्ने गरेको शिखर नगरपालिका गोपघाटका रमेश बलायरले दुखेसो गरे । उनले बिगतमा एक सय २० रुपैयामा ओहोर दोहोर गर्न सकिनेमा बिहीबार तीन सय रुपैया तिर्न बाध्य भएको बताए । सिट नपाएर उनी जीपमा झुण्डीएर घोपघाट गएका थिए ।
अहिले धनगढीबाट दिपायल सम्मको भाडादर एक हजार, डडेल्धुरा देखि दिपायलसम्मको २ सय ६०, दिपायल देखि सिलगढीसम्मको एक सय तोकेको भएपनि यातायात ब्यवसायीहरुले सो दररेट भन्दा बढी नै भाडा असुल्ने गरेको गुनासो यात्रुहरुको छ । धनगढी देखि दिपायलसम्म दुई हजार रुपैयासम्म यातायात ब्यवसायीहरुले उठाएका छन् । जबकी यस अघिको भाडादर अहिलेको भन्दा ५० प्रतिशत कम थियो । 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा