डोटीको पुर्बीचौकी गाउँपालिकामा इन्जिनियरमाथि हातपात

डोटि
डोटि
July 24, 6:30

२०७७ साउन , ९
मोहन पनेरु, डोटी 

काम गरेको भन्दा बढी भुक्तानी नदिएको भन्दै एक खानेपानी उपभोक्ता समितिका अध्यक्षले पूर्वीचौकी गाउँपालिकाका इन्जिनियरलाई कुटपिट गरेका छन् । नेकपाका जिल्ला कार्यसमिति सदस्य समेत रहेका सरस्वती मावि सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देव बहादुर खड्काले गाउँपालिकाका ईन्जिनियर शंकर राज खनाल माथी कार्यालयमै हातपात गरेका हुन् ।
बिहीबार दिउँसो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तथा नाम गालीगलौच गर्दै नेता खड्काले हातपात गरेको गाउँपालिकाले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खड्का द्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा दोषीउपर कडा कारबाहीको माग राख्दै घटनाको घोर भत्सर्ना गरेको छ । सांसद कोषको रकमबाट छुट्टयाएको २० लाखको योजनाको बिषयलाई लिएर हातपात भएको हो । उक्त खानेपानी योजनाको प्राविधिक मुल्याङ्कन गर्दा ६ लाख ७२ हजार बराबरको मात्रै काम भएको ईन्जिनियर शंकरराज खनालले बताए । खानेपानी योजनाका अध्यक्ष खड्काले ५ लाख ७० हजार पेस्की लिएर काम सुरु गरेका थिए । प्राबिधिकले टिप्पणी उठाउँदा त्रुटि हुनगई मसान्तको अन्तमा १२ लाख भुक्तानी दिईएको थियो । ‘प्राबिधिक त्रुटीका कारण १२ लाख भुक्तानी भएको छ तर काम ६ लाख ७२ हजारको मात्रै भएको छ,’ इन्जिनियर खनालले भने उपभोक्ता समितिले श्रमदानको ८८ हजार घटाएर ५ लाख ८४ हजार जती भुक्तानी हुनुपर्ने हो त्यसमा ५ लाख ७० हजार पेस्की लिईसकेका कारण २० हजारको आसपासमा मात्रै भुक्तानी पाउनुपर्ने हो । बढी भुक्तानी लिएको रकम उपभोक्ता समितिले फिर्ता गर्नुपर्छ भनेपछि म माथी हातपात गरियो ।’
योजनाका अध्यक्षले भुक्तानी भएको सबै रकम आफुले पाउनुपर्ने र फिर्ता नगर्ने भन्दै गालीगलोच सहित एक्कासी कार्यालयभित्रै आक्रमण गरेको ईन्जिनियर खनालले बताए । उनले यसरी कार्यालयमै आएर काम नगरि योजनाको पैसा खान प्राविधिकमाथि हातपात गर्ने, धम्काउने गालीगलोच गर्ने जस्ता कार्यले आफुहरुको मनोबल गिर्ने र मानसिक तनाव बढ्ने गरेको गुनासो गरे । तर हातपातमा संलग्न उपभोक्ता समितिका अध्यक्ष देव बहादुर खड्काले भने इन्जिनियरले नियतबस आफुहरु लाई काम गरेको भुक्तानी नदिएको आरोप लगाएका छन् । पटक पटक काम गरेको आधारमा भुक्तानी गर्न आग्रह गरेपनि बिभिन्न बहाना बनाउन थालेपछि केही भनाभन मात्र भएको उनले बताए । पछिल्लो समय पूर्वीचौकीमा अनियमीतताका घटना सार्वजनिक भइरहेका छन्

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा