क्वारेन्टाइनबाट बाहिर निस्केका दुई जना घाइते, एकको अबस्था गम्भीर

photo
photo
July 24, 7:42

२०७७ साउन, ९ गते
मोहन पनेरु,डोटी
क्वारेन्टाइनबाट बाहिर निस्केर घुम्न निस्किएका दुई जना घाइते भएका छन् । सायल गाउँपालिका वडा नं. ६ मा रहेको महाकाली माविमा स्थापित क्वारेण्टाइनमा बसेका सोही ठाउँका गणेश कट्वाल र शिखर नगरपालिका २ खतेडाका रमेश बहादुर बोगटी घाइते अवस्थामा फेला परेका हुन् ।
गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनबाट पाँच जना शुक्रबार बाहिर निस्किएका थिए । क्वारेन्टाइनबाट निस्किएर आदर्श गाउँपालिकाको मौवा बजार सम्म पुगेर फर्किने क्रममा दुई जनालाई स्थानियले घाइते अवस्थामा फेला परेका थिए ।
स्थानियका अनुसार घाइते दुई जना मध्य स्थानिय कट्वाल सडकमा र शिखर नगरपालिकाका बोगटी सडक भन्दा तल भिरमा घाइते अवस्थामा भेटिएका थिए । घाइते बोगटीको टिसर्ट र चप्पल रगत लागेको अवस्थामा सडकमै भेटिएको छ । घाइते बोगटीको अवस्था गम्भिर रहेको स्थानिय व्यापारी डिल बहादुर रोकायाले खप्तड अनलाईलाई जानकारी दिए ।
दिपायलबाट गाउँपालिका फर्किदै गर्दा बाटोमा घाइते भेटेपछि वडा नं. ५ का वडाअध्यक्ष गणेश बोगटीको पहलमा घाइते दुबै जनालाई उपचारका लागि दिपायल पठाइएको छ ।
घटनाको प्रकृती हेर्दा आपसमा झगडा भएको हुनसक्ने स्थानियले बताएका छन् । जिल्ला प्रहरी कार्यालयले घटनामा दुई जना घाइते भएको खबर प्राप्त भएको जनाएको छ । घटना के कती कारणले भएको हो भन्ने जानकारी प्राप्त नभैसकेको र घटना स्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कर्ण बोहराले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा