मुलुक बाहिरबाट फर्किएकाहरुलाई अनिवार्य क्वारेन्टिनमा राख्न सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयको निर्देशन

कोरोना
कोरोना
July 26, 5:24


११ श्रावण २०७७,
 सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले भारतबाट फर्किएका हरुलाई अनिवार्य क्वारेन्टाएनमा राख्न पुनः निर्देशन जारी गरेको छ ।
निर्देशनालयले आइतबार विज्ञप्ती जारी गर्दै सुदूरपश्चिमका सबै स्थानिय तहहरुलाई मुलुक बाहीरबाट आएका नागरिकलाई स्थानिय तहहरुले अनिवार्य संस्थागत क्वारेन्टिनमा राख्न निर्देशन दिएको हो । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक गुणराज अवस्थीका अनुसार स्थानीय तहहरुले क्वारेन्टिनमा नराखी सिधै घर पठाउने गरेको भन्दै क्वारेन्टिनमा राख्न निर्देशन दिएको बताए ।
क्वारेन्टिनमा ५ दिन पुरा भएका सबैको छैठौ दिन स्वाव संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी र डडेल्धुरा अस्पताल पठाउने व्यवस्था मिलाउन समेत स्थानिय तहहरुलाई निर्देशन दिएको छ ।
स्वावको नतिजाको आधारमा पोजेटिभ भएकालाई अनिवार्य १४ दिन आइसोलेशनमा राख्ने अथवा क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने र रिपोर्ट नेगेटिभ आएमा ८ दिन होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउन निर्देशन दिएको हो ।
सरकारले लकडाउन खुल्ला गरेसंगै भारतबाट फर्किएका हरुलाई स्थानिय तहहरुले क्वारेन्टिनमा नराखी धमाधम घर पठाउन थालेको थिए । यसरी स्थानिय तहहरुले भारतबाट फर्किएका हरुलाई संस्थागत क्वारेन्टिनमा नराखी घर पठाएकै कारण समुदायस्तरमा कोरोना फैलने खतरा बढेको छ ।
भारतसँगको सीमानाका धनगढीको त्रिनगर, भीमदत्त नगरको गड्डाचौकी, टीकापुरको सत्ति, बैतडीको झुलाघाट लगायतका नाकाबाट नेपाल भित्रिने गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा