मनोमानी भाडा घटाउन सिडिओलाई नागरिक समाज डोटीको ध्यानाकर्षण

डोटि
डोटि
July 26, 8:24

 २०७७ साउन ११ गते आइतबार 
मोहन पनेरु, डोटी
सर्वसाधारणको ढाड सेक्ने गरी मनोमानी रुपमा भएको भाडादर बृद्धिबारे नागरिक समाज डोटीले डोटीका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
नागरिक समाज डोटीको टोलीले प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईलाई सार्वजनिक सवारीसाधनहरुले सामाजिक दुरी कायम गर्ने नाममा जनतालाई सास्ती भइरहेको तर्फ ध्यानाकर्षण गराएका छन् । नागरिक समाज डोटीका संयोजक योगेन्द्र बलायरले बिभिन्न ५ बुँदे माग भएको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी भट्टराईलाई हस्तान्तरण गरे ।
नागरिक समाज डोटीका संयोजक बलायरले गन्तव्यमा जान नसकेका सर्वसाधारणको बाध्यात्मक परिपस्थितीको फाइदा उठाउदै चर्को भाडा असुली भइरहेको आरोप लगाए । ‘हामीले यस तर्फ प्रशासनको ध्यानाकर्षण गराएका छौं’, नागरिक समाज डोटीका सदस्य तथा गैसस डोटीका अध्यक्ष रघु कठायतले भने, ‘सैद्धान्तिक रुपमा सिट क्षमताभन्दा ५० प्रतिशतमात्र यात्रु बोक्ने बताएपनि बिगतभन्दा बढी यात्रु गाडीमा कोचेको हामीले प्रत्यक्ष पायौं , यसमा प्रशासनले तत्काल कडा कदम चाल्न पर्छ ।’
नागरिक समाज डोटीले सार्वजनिक स्थानहरुमा भिडभाड कम गर्नुपर्ने, ५० प्रतिशत मात्र यात्रु बोक्नु पर्ने ब्यवस्थालाई कडा रुपमा कार्यान्वयन गर्नुपर्ने, सवारीसाधनले यात्रीहरुबाट लिइरहेको अचाक्ली भाडा नियन्त्रण गर्नु पर्ने, यातायातका साधनहरुको पर्याप्त ब्यवस्था गरी यात्रुहरुले दुख पाउने अवस्थाका अन्त्य गर्नु पर्ने , सवारीसाधनमा सुरक्षाका सामाग्रिहरुको प्रयोग गर्नुका साथै हरेक पटक गाडीको निर्मलीकरण गर्नु पर्ने तथा कोरोना जोखिम न्युनीकरणका लागि जिल्ला संकट ब्यवस्थापन केन्द्रले प्रभावकारी रुपमा अनुगमन गर्नु पर्ने माग सहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले नागरिक समाज डोटीले समसामयिक बिषयबस्तु उठाएकोमा धन्यबाद दिदै आइतबारबाट नै मातहतका सुरक्षा निकायलाई सवारीसाधनमा कडाई गर्न निर्देशन दिने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा