प्रेस युनियन डोटी शाखाद्वारा प्रेस ज्याकेट र स्वास्थ्य सामग्री बितरण
२०७७,साउन१९
चक्र बलायर, डोटी
प्रेस युनियन डोटी शाखाद्वारा जिल्लामा रहेका क्रियासिल संञ्चारकर्मिहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सामग्रि बितरण गरिएको छ।सोमबार डोटीको दिपायलमा एक कार्यक्रमका बिच सो सामग्रीहरु बितरण गरिएको हो।
नेपाली काँग्रेसकि नेतृ प्रसिस महराको सहयोगमा ३५ थान प्रेस ज्याकेट ,सेती फार्मेसीका सञ्चालक लाल बहादुर खड्का र चोपडा मेडिकल हलका सञ्चालक हिक्मत सिंह चोपडाको सहयोगमा ३०/३० पिस सेनिटाइजर र १००/१०० ओटा मास्क समेत बितरण गरिएको छ।प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमको अध्यक्षतामा संचालित सामग्री बितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बम,नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर,प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउबा लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो।
बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस( कोभिड -१९)को जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुलाइ काम गर्न सहज होस भनेर ज्याकेट,सेनिटाइजर र मास्क बितरण गरिएको प्रेस युनियन डोटी शाखा अध्यक्ष प्रकाश बमले बताउनु भयो।
सोही अबसरमा बोल्दै पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बमले प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गीय तेजु बहादुर खड्काको नाममा अक्षयकोष स्थापना गरिने बताउनुभयो।